मिडिया अवार्ड २५ विधामा बाँडिने
‘नेपाल मिडिया अवार्ड २०७८’ आगामी २४ पुसमा आयोजना हुँदैछ । २५ विधामा वितरण हुने अवार्ड विभिन्न विधामा योगदान दिएका सञ्चारकर्मीलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो । गत वर्ष १० औं नेफ्टा फिल्म अवार्ड आयोजनामा सहकार्य गरेको ड्रिम हाई नेपाल प्रालिले यो अवार्ड गर्न लागेको हो ।
टेलिभिजन, छापा, मिडिया, एफ.एम. रेडियो र अनलाईन पत्रकारिता अन्तर्गत सञ्चारमाध्यम र सञ्चारकर्मीको पछिल्लो एकवर्ष यताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर कार्यक्रममा अवार्ड र सम्मान प्रधान गरिनेछ ।
मिडियामा राम्रो काम गरिरहेकोलाई थप उर्जा र हौसला प्रदान अवार्डले गर्ने आयोजक संस्थाका प्रबन्ध निर्देशक कमल जिसीले बताए । अवार्डका लागि मुख्य प्रायोजनको रुपमा एलआईसि.नेपाल (लाइफ इन्स्योरेन्स करर्पोरेसन लि.)ले सहकार्य गरेको छ । मिडिया अवार्डमा सहकार्य गर्न पाउँदा खुशी लागेको एलआईसि नेपालका प्रमुख लक्ष्मी प्रसाद दासले बताए । नेपाल पत्रकार महासंघको सहकार्य समेत रहेको अवार्ड निष्पक्ष र प्रतिष्ठित बनाउने प्रयास भइरहेको आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण