माओवादीको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । ११ बजेका लागि तय भएको बैठक दुई घण्टा ढिलागरी १ बजे मात्रै सुरु भएको हो । आजको बैठकले आगामी ११–१३ पुसमा तय भएको राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल गर्नेछ । साथै दुई दिनपछि (मंसिर २५) मा हुने प्रदेश सम्मेलनका बारेमा समेत छलफल गर्ने स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए ।
माओवादीले यसअघि वडा र पालिकाको सम्मेलन सम्पन्न गरिसकेको छ । यस्तै आजको बैठकमा विधानमा रहेको अस्पष्टताका बारेमा समेत छलफल गरेर निर्णय गर्ने तयारी गरेको माओवादी नेताहरुले बताएका छन् । खासगरी प्रादेशिक संरचनाका बारेमा माओवादी केन्द्रमा केही अस्पष्टता रहेको बताइएको छ ।
माओवादीले यसअघि प्रदेशमा पाँच सदस्यीय पदाधिकारी, प्रदेश कार्यालय, प्रदेश सचिवालय, प्रदेशका विभाग, जवसका इन्चार्ज र जिल्ला समन्वय समिति लगायत रहने बताएको थियो । जसमा केन्द्रीय सदस्यको भुमिका प्रदेशमा के हुने भन्ने प्रस्ट नरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण