राष्ट्रसंघ सुरक्षा परिषदद्वारा सैनिकहरूमाथि भएको आक्रमणको निन्दा
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले बुधबार मालीमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमाथि भएको श्रृखंलाबद्ध आक्रमणको कडा निन्दा गरेको छ । एक विज्ञप्तिमा, सुरक्षा परिषद्का सदस्यहरुले शोक सन्तप्त परिवारहरु, साथै इजिप्ट, माली, टोगो र मालीमा रहेको संयुक्त राष्ट्रसंघको बहुआयामिक एकीकृत स्थिरता मिसनप्रति गहिरो समवेदना र सहानुभूति व्यक्त गरेका छन् । उनीहरुले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
बन्दियागारा, मध्य मालीमा भएको यस विस्फोटमा सात जना टोगोका नागरिक र मालीका एक ठेकेदारको मृत्यु भएको छ । अन्य तीन जना गम्भीर घाइते भएका मिसनले बुधबार आफ्नो ट्विटर खातामा घोषणा गरेको छ । संयुक्त राष्ट्रका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले गत महिना उत्तरी मालीमा भएको आक्रमणमा घाइते भएका इजिप्टका शान्ति सैनिकको सोमबार मृत्यु भएको पुष्टि गरेका छन् । काउन्सिलका सदस्यहरूले मालीको संक्रमणकालीन सरकारलाई आक्रमणको चाँडो अनुसन्धान गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका छन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण