मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हरेक दिन गाजल लगाउँदा आँखामा आउने समस्याहरु

शुक्रबार, २४ मङ्सिर २०७८, १० : ५९
शुक्रबार, २४ मङ्सिर २०७८

महिलाहरु मेकअप गर्न मन पराउँछन् । मेकअप गर्दा महिलाहरुको सुन्दरतामा अझै निखार आउँछ । धेरै महिलाहरुले श्रृंगारका रुपमा गाजलको प्रयोग धेरै गर्ने गर्छन् । आँखाको सुन्दरताका लागि लगाइने गाजलको प्रयोग भने खतरनाक हुन्छ । बजारमा पाइने गाजलमा विभिन्न प्रकारका रसायनिक पदार्थहरु मिसाइएको हुन्छ । गाजलमा पारा लेड र प्याराबेन्स नामक तत्वहरु हुन्छन् । जसले आँखामा कन्जक्टिभाइटिसको समस्या आउँछ । यसले आँखामा एलर्जी, कार्नियल अल्सर र डाई आईजको समस्या पनि निम्त्याउँछ । यसले आँखाभित्र सुन्निने समस्या ल्याउँछ । 

घरमा नै बनाउनुस् केमिकल नभएको गाजल 
सबैभन्दा पहिले दियो बाल्ने । यसपछि कचौराले आधा छोप्ने । त्यसपछि प्लेटमा थोरै घ्यू लगाएर कचौरालाई अड्याएर राख्ने । त्यसपछि २० देखि ३० मिनेटपछि कालो भागलाई निकालेर एउटा बट्टामा राख्ने । त्यसमा एक थोपा नरिवलको तेल मिसाएर राख्ने । यसरी घरमा नै गाजल तयार पार्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप