पौडेल निवासमा साझा उम्मेदवारको खोजी, प्रकाशमान उम्मेदवारी दर्ताको तयारीमा
नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय केन्द्रीय सदस्यहरु छलफलमा जुटेका छन् । पौडेलको निवास बोहोरा टारमा नेताहरु मिनेन्द्र रिजाल, गगन थापा, अर्जुननरसिंह केसी, बन्द्री पाण्डे लगायतले पौडेलसँग छलफल गरिरहेका छन् ।
पौडेलको संयोजनमा बसिरहेको बैठकमा सभापतिका दाबेदार शेखर कोइराला र प्रकाशमान सिंह उपस्थित भएका छैनन् । यस्तै सभापतिको दाबी छोडेका शशांक कोइराला पनि बैठकमा सभागी नभएको पाइएको छ । आज विहान १० बजेबाट उम्मेदवारी दर्ता सुरु हुने भएपनि पौडेल समूहले सभापतिमा साझा उम्मेदवार तय गर्न सकेको छैन ।
मंगलबारबाट निरन्तर छलफलमा रहेको पौडेल समूहमा नेता प्रकाशमान सिंह र शेखर कोइरालाको अड्डीका कारण उम्मेदवार छनोटमा अड्चन देखिएको छ । पौडेल र शशांकले प्रकाशमान र शेखर मिलेर आए आफू छोड्न तयार रहेको बताएका थिए ।
तर उनीबीच कुरा मिल्न नसकेपछि पौडेल समूह सभापतिको उम्मेदवार तय गर्न असफल भइरहेको छ । पौडेल निवासमा साझा उम्मेदवारको खोजी भइरहेका बेला नेता सिंहले छुट्टै उम्मेदवारी घोषणा गर्दै छन् । विहान १० बजे उम्मेदवारी घोषणा गरेर मनोनयन दर्ता गर्न जाने सिंहको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण