पौडेल निवासमा साझा उम्मेदवारको खोजी, प्रकाशमान उम्मेदवारी दर्ताको तयारीमा

नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय केन्द्रीय सदस्यहरु छलफलमा जुटेका छन् । पौडेलको निवास बोहोरा टारमा नेताहरु मिनेन्द्र रिजाल, गगन थापा, अर्जुननरसिंह केसी, बन्द्री पाण्डे लगायतले पौडेलसँग छलफल गरिरहेका छन् ।
पौडेलको संयोजनमा बसिरहेको बैठकमा सभापतिका दाबेदार शेखर कोइराला र प्रकाशमान सिंह उपस्थित भएका छैनन् । यस्तै सभापतिको दाबी छोडेका शशांक कोइराला पनि बैठकमा सभागी नभएको पाइएको छ । आज विहान १० बजेबाट उम्मेदवारी दर्ता सुरु हुने भएपनि पौडेल समूहले सभापतिमा साझा उम्मेदवार तय गर्न सकेको छैन ।
मंगलबारबाट निरन्तर छलफलमा रहेको पौडेल समूहमा नेता प्रकाशमान सिंह र शेखर कोइरालाको अड्डीका कारण उम्मेदवार छनोटमा अड्चन देखिएको छ । पौडेल र शशांकले प्रकाशमान र शेखर मिलेर आए आफू छोड्न तयार रहेको बताएका थिए ।
तर उनीबीच कुरा मिल्न नसकेपछि पौडेल समूह सभापतिको उम्मेदवार तय गर्न असफल भइरहेको छ । पौडेल निवासमा साझा उम्मेदवारको खोजी भइरहेका बेला नेता सिंहले छुट्टै उम्मेदवारी घोषणा गर्दै छन् । विहान १० बजे उम्मेदवारी घोषणा गरेर मनोनयन दर्ता गर्न जाने सिंहको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत
-
राप्तीको नहरमा डुबेर एक युवकको मृत्यु
-
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु
-
१० बजे १० समाचार : अमेरिकामा नेपालीको मृत्यु, पतञ्जलि जग्गा प्रकरणमा आरोप-प्रत्यारोप जारी
-
बेंगलुरुको विजय उत्सवमा भागदौड प्रकरण : कर्नाटक क्रिकेट संघका अधिकारीहरूद्वारा राजीनामा
-
सिकलसेल भएका युवायुवतीले विवाह गर्दा अनिवार्य रगत परीक्षण गर्नुपर्ने सुझाव