एमालेको केन्द्रीय सल्लाहकार परिषद अध्यक्षमा अमृतकुमार बोहोरा
शनिबार, २५ मङ्सिर २०७८, १४ : ३७
नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्षमा अमृतकुमार बोहोरा चयन भएका छन् । एमालेको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा बोहोरालाई परिषदको अध्यक्षमा चयन गरेको हो ।
बोहोरा उमेर हदका कारण यस वर्षबाट कार्यकारी भूमिकाबाट बाहिरिएका थिए । एमालेका पहिलो पुस्ताका नेता बोहोरालाई सल्लाहकारको अध्यक्ष बनाइएको सचिव योगेश भट्टराईले जानकारी दिएका छन् ।
एमाले विधान अनुसार सल्लाहकार परिषदको अध्यक्ष पदेन स्थायी कमिटी सदस्य हुने व्यवस्था छ । बोहोरा यसअघि अनुशासन आयोगको अध्यक्ष थिए । बोहोराले केन्द्रीय कमिटी बैठकमै सपथग्रहण समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा शुल्क बुझाउन सजिलो, दाबी भुक्तानी पाउन सास्ती: सांसद राणा
-
१२ दिन बित्यो तर भेटिएन कर्णाली नदीमा बेपत्ता गाडी र सहचालक, खोजी टोली फर्कियो
-
जेनजी आन्दोलन छानबिनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न मानवअधिकार आयोगका पूर्वआयुक्तहरूको माग
-
लगातारको वर्षाले चितवनका विभिन्न क्षेत्र डुबानमा
-
बीमा लाइसेन्स र मर्जर नीतिमा अर्बौँको चलखेल भएको सांसद लिमा अधिकारीको आरोप
-
सरकारी स्वामित्वका बीमा कम्पनीहरूको लेखापरीक्षणमा ढिलाइप्रति सांसद कँडेलको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण