दुबईबाट ल्याएको ३५० ग्राम सुन विमानस्थल भन्सारबाट सजिलै पास

झोलामा सुन बोकेर दुबईबाट काठमाडौं आएका भारतीय नागरिकले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको एक्सरेबाट आफ्नो सुन सहजै पास गराएका छन् । भारतीय नागरिक सिरज मादापट बापुट्टे मंसिर २४ मा बिहान काठमाडौं विमानस्थलमा ओर्लिए । उनको पछाडि भिर्ने झोलामा ३ ओटा सुनका बिस्कुट थियो । सो बिस्कुटको तौल थियो ३५० ग्राम ।
विमानस्थल भन्सार कार्यालयको एक्सरे मेसिनमा खटिएका भन्सार कर्मचारीले उनको झोलामा भएको सुनबारे वास्ता गरेनन् । एक्सरे मेसिनबाट पास भएको झोला लिएर उनी विमानस्थलको आन्तरिक टर्मिनलतर्फ लम्किए ।
जजिरा एयरको उडान नम्बर जे ९–५३९ मार्फत दुबईबाट कुवेत हुँदै काठमाडौं आएका बापुट्टे गुण एयरको उडान नम्बर–५४१ बाट सिमरा जाँदै थिए । आन्तरिक टर्मिनल तर्फको होल्ड व्यागेज एरियामा खटिएका प्रहरी कर्मचारीले उनको झोला एक्सरे मेसिनमा राख्न लगाए । मेशिनले सुन ‘डिटेक्ट’ गरेपछि झोला खोतल्दा ३५० ग्राम सुन फेला परेको छ ।
५० वर्षीय सिरज मादापट बापुट्टेलाई विमानस्थल भन्सार कार्यालयमा कानुनी कारवाहीका लागी जिम्मा लगाइएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रमबारे ज्ञानेन्द्र : नखाऊँ भने दिनभरीको सिकार, खाउँ भने कान्छाबाउको अनुहार
-
नेपाली एसटीसी ब्याट्री उद्योगको उत्पादन आयातितभन्दा ४० प्रतिशत सस्तो, भारतमा निर्यात सुरु
-
‘हामीलाई ५/१० दिनमा लाइसेन्स चाहिएको छ, यता पानीजहाज कार्यालय उद्घाटन गर्ने काम हुँदैछ’
-
पाँच करोडभन्दा बढी रकम दुरुपयोग गरेको भन्दै बारा हुलाक कार्यालयका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
-
ट्यारिफको कारण अमेरिकामा महँगी बढेको आशङ्का
-
बीसीसीआईको निर्णयले पञ्जाबका समर्थकलाई झट्का