मोरङको छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित तीन जना पक्राउ
मोरङको छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । भारतबाट नेपाल आउँदै गरेको अवस्थामा सोमबार दिउँसो साढे २ बजे विराटनगर महानगरपालिका–१६ हुलास चौकबाट इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका-४ का २२ वर्षीय सन्तोष भुजेललाई पक्राउ गरेको हो ।
भुजेल लुपिजेसिक ६ एम्पुल, डाइजापाम ८ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन ९ एम्पुलसहित पक्राउ परेका हुन् । त्यस्तै, सोमबार राती ६ बजे विराटनगर महानगरपालिका(१७ मटेरुवाचोकबाट धरान उपमहानगरपालिका(१४ का ३२ वर्षीय अन्सन तामाङलाई लुपिजेसिक ११ एम्पुल, डाइजेपाम ११ एम्पुल र एभिल ११ एम्पुलसहित अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी, सोमबार साँझ ५ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा सुन्दरहरैचा नगरपालिका-५ बलिया स्थितबाट मोटरसाइकलमा सवार रहेका केराबारी गाँउपालिका-६ का २१ वर्षीय सागर तामाङलाई चेकजाँच गर्दा उनको साथबाट फेनारगन ८ एम्पुल, लुपिजेसिक ८ एम्पुल, डाईजेल्याब ८ एम्पुल, डाइजेपाम ८ एम्पुल र एभिल ८ एम्पुलसहित प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण