मोरङको छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित तीन जना पक्राउ

मोरङको छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । भारतबाट नेपाल आउँदै गरेको अवस्थामा सोमबार दिउँसो साढे २ बजे विराटनगर महानगरपालिका–१६ हुलास चौकबाट इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका-४ का २२ वर्षीय सन्तोष भुजेललाई पक्राउ गरेको हो ।
भुजेल लुपिजेसिक ६ एम्पुल, डाइजापाम ८ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन ९ एम्पुलसहित पक्राउ परेका हुन् । त्यस्तै, सोमबार राती ६ बजे विराटनगर महानगरपालिका(१७ मटेरुवाचोकबाट धरान उपमहानगरपालिका(१४ का ३२ वर्षीय अन्सन तामाङलाई लुपिजेसिक ११ एम्पुल, डाइजेपाम ११ एम्पुल र एभिल ११ एम्पुलसहित अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी, सोमबार साँझ ५ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा सुन्दरहरैचा नगरपालिका-५ बलिया स्थितबाट मोटरसाइकलमा सवार रहेका केराबारी गाँउपालिका-६ का २१ वर्षीय सागर तामाङलाई चेकजाँच गर्दा उनको साथबाट फेनारगन ८ एम्पुल, लुपिजेसिक ८ एम्पुल, डाईजेल्याब ८ एम्पुल, डाइजेपाम ८ एम्पुल र एभिल ८ एम्पुलसहित प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालियन सिरी’एमा एसी मिलान विजयी
-
प्रिमियर लिगमा ३५ औं चरणका खेल पुरा, क्रिष्टल र नटिङघमले अंक बाँडे
-
घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्राको दरभाउ कति ?
-
राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवस मनाइँदै
-
किसानले उत्पादन गरेको फापर गाउँपालिकाले किन्यो
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत