मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फिल्मले कहिल्यै लोभ्याउन सकेन : उषा खड्गी

मङ्गलबार, २८ मङ्सिर २०७८, १८ : ०३
मङ्गलबार, २८ मङ्सिर २०७८

पूर्व मिस नेपाल उषा खड्गीले आफूलाई फिल्मले कहिल्यै लोभ्याउन नसकेको बताएकी छन् । गोंगबुमा आजैबाट सञ्चालनमा आएको होटल ह्वाइट हाउस उद्घाटनपछि बोल्दै उनले सो कुरो बताएकी हुन् ।

‘फिल्म तिर मेरो कहिल्यै ईच्छा भएन । किनभने जति बेला मैले मिस नेपाल जितेको थिए । त्यो समय फिल्मको धेरै अफर आउँथ्यो । तर फिल्ममा नारीको भूमिका धेरै हुँदैन थियो’ उनले भनिन् ‘नर्मल भूमिका अभिनय गर्न मैले ठिक ठानिन ।’ अफर आएका केही फिल्मका स्क्रिप्ट समेत पढेको बताएकी उनले स्क्रिप्टमा नारीको सशक्त भूमिका नपाएकोले फिल्म तिर मन मरेको सुनाइन् ।

‘अहिले पनि केही फिल्मका अफर त आउँछन्’ उनले अगाडि भनिन् ‘मैले भने फिल्म नगर्ने निर्णय गरिसकेको छु ।’ फिल्म अभिनय नगरे पनि चित्त बुझ्दो वेब सिरियल पाए आफूले काम गर्ने उनले बताइन् । ‘म्युजिक भिडियो र विज्ञापन चलचित्रमा धेरै काम गरिरहेको छु । फिल्म नगरे पनि वेब सिरिज गर्ने भने सोच छ’ उनले थपिन् । उषा सन् २००० की मिस नेपाल विजेता हुन् ।

उषा होटल ह्वाइट हाउसकी ब्राण्ड एम्बेसडर पनि हुन् । होटल टुरिजमसँग सम्बन्धित रहेकोले आफू जोडिएको उनले बताइन् । यो होटलको ब्राण्ड एम्बेसडरको रूपमा अर्का हाँस्य कलाकार निर्मल शर्मा ‘गैडा’ समेत छन् । शर्माको पनि होटल पर्यटन क्षेत्रसँग जोडिएको क्षेत्र भएकोले आफू आबद्ध भएको भनाई छ । ‘पर्यटन व्यवसायले देशको सबै क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ’ शर्माले भने ‘पर्यटनको लागि आवश्यक धेरै पूर्वाधार मध्य एक होटल पनि हो ।’ होटल ह्वाइट हाउस अपार्टमेन्ट रुम र फरक अवधारणका साथ सञ्चालनमा आएकोले आफ्नो रोजाइमा परेको शर्माले सुनाए ।

बुद्ध शाहीले सञ्चालनमा ल्याएको यो होटलमा जम्मा १२ वटा रुम रहेका छन् । प्रत्येक रुममा फरक फरक इन्टिरिय डिजाइन गरिएको छ । होटलका केही रुममा अपार्टमेन्ट सिस्टममा तयार गरिएको छ । जसमा बस्ने गेस्टले आफ्नै घरमा झैँ खाना बनाएर खान सक्नेछन् । 

भिआइपी, एनआरएन र विदेशी पर्यटकको लागि विशेष लक्ष्य गरिएको होटलमा एक बार, एक लवी र एक स्वीट लवी पनि छ । जसमा बसेर गेस्टले आफ्ना अतिथिलाई समेत भेट्न सक्नेछन् ।

‘टिपिकल्ली नेपाली खाना र शान्त वातावरणमा गेष्टलाई खुसी पार्न होटलले विभिन्न सुविधा समेत राखेको छ’ सञ्चालक शाहीले भने ‘स्वास्थ्यलाई मध्यनजर राखेर हामीले मार्वलको ठाउँमा समेत नेपाली काठ प्रयोग गरेका छौ ।’ सौराहा, चितवन र नगरकोटपछि पछि होटल ह्वाइट हाउसको शाखा अहिले गोंगबुमा सञ्चालनमा ल्याइएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप