सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

भागबण्डा र गुटबन्दीको राजनीतिमा लाग्दैनौँ : डा. शेखर कोइराला

बुधबार, २९ मङ्सिर २०७८, १७ : ३३
बुधबार, २९ मङ्सिर २०७८

नेपाली काँग्रेसको सभापति पदमा पराजित भएका डा. शेखर कोइरालाले आफूहरु भागबण्डा र गुटबन्दीको राजनीतिमा नलाग्ने बताएका छन् । उनले महाधिवेशन प्रतिनिधिहरुले आफूलाई माया गरेर मत दिएको भन्दै उनले यही माया बोकेर नयाँ ढंगले अघि बढ्ने बताए ।

महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन आयोजित कार्यक्रममा उनले १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा विजयी भएको र आफूले बिहानै देउवालाई बधाईसमेत दिएको बताए । उनले चार वर्षका लागि अब काँग्रेसको नेतृत्व देउवाले पाएको उल्लेख गरे ।

‘प्रतिस्पर्धा आन्तरिक लोकतन्त्र हो, आन्तरिक लडाइँ हो यो,’ उनले चेतावनी दिँदै भने, ‘उहाँ (देउवा) विजयी भइसक्नुभएको छ । जसरी साढे पाँच वर्ष पार्टी बेथितिको हिसाबले चल्यो, त्यसैगरी चल्न थाल्यो भने हामी सशक्त रुपले प्रस्तुत हुनेछौं ।’

उनले निर्वाचनमा पराजित भएको कुरालाई आफूले सामान्य रुपमा लिएको भन्दै  निर्वाचनमा कोही जित्ने र कोही हार्ने कुरा स्वाभाविक हुने बताए । उनले भने, ‘मभित्र कुनै कुनै कुण्ठा छैन । तर यो पराजयमा राम्रो कुरा देखेँ, नेपाली काँग्रेसका ताईजस्ता साथी, लोकतन्त्रप्रेमी, काँग्रेसलाई माया गर्ने साथी, आम जनताले हाम्रो कदम, हाम्रो टीम विजयी भएको सोच्नु भएको छ ।’

उनले आफूहरुको मुद्दा, एजेण्डा स्थापित भएको पनि बताए । आफूहरुले युवा पुस्ताका लागि काँग्रेसभित्र अवसर नै अवसर खोलिदिएको पनि प्रस्ट पारे ।

आफू आजैदेखि काँग्रेसको रुपान्तरणका लागि लागिसकेको जानकारी दिँदै उनले निरन्तर रुपमा कार्यकर्ताको घरदैलोमा पुग्ने बताए । उनले भने, ‘हामी भागवण्डाको राजनीति, गुटबन्दीको राजनीतिमा लाग्दैनौँ । काम गर्दै जान्छौं, राम्रो काम गर्दै गए पक्कै पनि उहाँहरुलाई सोच्न बाध्य बनाउँछौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप