एमसीसी पास हुनेमा अमेरिका सकारात्मक, सर्वदलीय बैठकको तयारी
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्न नेपाल सरकारले प्रतिबद्धता व्यक्त गरेको एमसीसी बोर्ड बैठकले जनाएको छ । १४ डिसेम्बर (२८ मंसिर)को एमसीसी बोर्ड बैठकपछि अमेरिकाको वासिङटन डिसीबाट बुधबार जारी विज्ञप्तिअनुसार एमसीसीअन्तर्गतको ५० करोड अमेरिकी डलर अनुदान सहयोग अनुमोदन हुनेमा विश्वस्त रहेको जनाएको छ । एमसीसी परियोजनाअन्तर्गत विद्युत् प्रसारण लाइन र सडक पूर्वाधारका लागि प्रतिबद्धता जनाइएको आर्थिक सहायताबारे समीक्षा गरिएको उल्लेख छ ।
बोर्ड बैठकमा नेपाल कम्प्याक्ट अनुदानको समीक्षात्मक छलफल भएको जनाइएको छ । नेपालमा एमसीसी अनुमोदन हुने कि नहुने भन्ने अन्योलता भइरहेका बेला एमसीसी बोर्ड सकारात्मक देखिएको हो । बोर्ड बैठकको वार्षिक समीक्षामा एमसीसी छनोट भएका विभिन्न देशको नीतिगत कार्यसम्पादनको विषयमा छलफल भएको जनाएको छ । जसमध्ये नेपाललाई दिएको एमसीसी अनुदानको काम प्रगतिको विषयमा छलफल भएको जनाएको छ । एमसीसी बोर्ड नेपाललाई दिएको अनुदान अनुमोदन हुने निश्चित भएको सन्देश दिइरहँदा यता नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक राखेर एमसीसी अनुमोदनका लागि पहल गर्ने तयारी थालेका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा
-
हत्या आरोपमा एकै घरका तीन जना पक्राउ
-
१०८ धाराले थप आकर्षक बन्दै रामधुनी मन्दिर
-
दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
-
१६ वर्ष लामो खडेरी समाप्त: २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन
-
कीर्तिपुरको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टर जलमग्न, सुकुमबासीहरू समस्यामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण