सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

मिस वर्ल्ड प्रतियोगिता स्थगित

शुक्रबार, ०२ पुस २०७८, ०९ : १९
शुक्रबार, ०२ पुस २०७८

विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस वर्ल्ड’ स्थगित भएको छ । प्रतियोगितामा सहभागी प्रतियोगी, आयोजक र कर्मचारीमा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि फाइनल स्पर्धा स्थगित गरिएको हो ।

अमेरिकी राज्य पुएर्तो रिकोमा आयोजना गरिएको प्रतियोगिता स्वास्थ्य विज्ञहरूको सल्लाहमा अन्तिम समयमा आएर स्थगित गरिएको हो । कोरोनाको स्थितिमा सुधार भए ९० दिनभित्र फेरि प्रतियोगिता सम्पन्न गर्ने आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप