प्रदेश–१ मा थप १६ जनामा कोरोना सङ्क्रमण
शुक्रबार, ०२ पुस २०७८, २२ : ०४
प्रदेश–नं १ मा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना सङक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार २५५ को पीसीआर परीक्षण गर्दा १५ र १८९ को एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा आठ, सुनसरीमा चार, झापामा दुई र धनकुटामा एक जनामा सङ्क्रमण देखिएको हो । मोरङको विराटनगरमा चार, कटहरीमा दुई, सुन्दरहरैचा, धनपालथानमा एक/एक, सुनसरीको इटहरीमा चार, झापाको शिवसताक्षी, कमल गाउँपालिकामा एक/एक र धनकुटाको पाख्रिबासमा एक जनामा सङ्क्रमण देखिएको हो । सोही अवधिमा आठ महिलासहित १७ सङ्क्रमणमुक्त भएका छन् भने एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण