वैदेशिक रोजगारबाट फर्किएर गाउँमा स्वरोजगार बनेकालाई सम्मान
वैदेशिक रोजगारबाट फर्किएर गाउँमै स्वरोजगार बनेका खोटाङका पाँच जनालाई सम्मान गरिएको छ । विभिन्न देशमा गरेको काम र सिकेको सीपलाई गाउँमा उपयोग गर्दै स्वरोजगार बनेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका दुर्गाबहादुर राई, कासकुमार राई, भोजकुमार श्रेष्ठ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका रोशन राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका दिपेन्द्र उदास/दिलीप शाक्यलाई सम्मान गरिएको हो ।
अन्तर्राष्ट्रिय आप्रवासी दिवस २०२१ को अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उनीहरूलाई शनिबार जनही १५ हजार रुपैयाँका साथमा ५-५ हजारको ड्रिल र ग्रेन्डर प्रदान गरेको हो । उनीहरूलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल र उपमेयर वीणादेवी राईले चेक तथा सम्मान–पत्र हस्तान्तरण गरेका हुन् ।
वैदेशिक रोजगारको क्रममा आर्जन गरेको सिपलाई स्वदेश फर्किएर निरन्तरता दिँदै स्वरोजगार बनेर उदाहरणीय काम गरेकाेमा प्रोत्साहन स्वरूप सम्मान गरिएको वाल सेजा समाज नेपाल अन्तर्गतको सुरक्षित आप्रवासन परियोजना (सामी)का कार्यक्रम संयोजक सन्तोष राईले बताए ।
दुवई र कतारमा आठ वर्ष बसेर फर्किएका दुर्गाबहादुरले इलेक्ट्रिसयन र प्लम्विङको काम गरिरहेका छन् । यस्तै, मलेसियामा तीन वर्ष र साउदी अरबमा १२ वर्ष बिताएका रोशनले रोशन ग्रिल उद्योग सञ्चालन गरीरहेका छन् । मलेसियाबाट फर्किएका कासकुमारले प्लम्बिङ र मेसनको काम गर्दै आएका छन् ।
मलेशियाबाट फर्किएका दिपेन्द्र/दिलीपले गाउँमा बंगुर फर्म सञ्चालन गरिरहेका छन् । कतार र साउदीमा पाँच वर्ष बिताएका भोजकुमार गाउँमा इलेक्ट्रिसियन र प्लम्बिङको काम गर्दै स्वरोजगार बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण