प्रदेश नं १ मा ११ जनामा कोरोना सङ्क्रमण
आइतबार, ०४ पुस २०७८, २१ : ४८
प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ११ जनामा कोरोना सङ्क्रमण देखिएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयका अनुसार २३० जनाको पिसिआर परीक्षण गर्दा झापामा पाँच, मोरङमा चार र इलाममा दुई जनामा सङ्क्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार झापाको दमक र बाह्रदशीमा दुई÷दुई र शिवसताक्षीमा एक, मोरङको उर्लाबारी, लेटाङ, केराबारी र रतुवामाईमा एक÷एक, इलामको चुलाचुली र माईजोगमाईमा एक÷एकजनामा सङ्क्रमण देखिएको हो ।
प्रदेशमा आज आठ महिलासहित १५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या ९१ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण