बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

मिलन पाण्डे नेतृत्वमा ‘विवेकशील साझा पार्टी सुदृढीकरण अभियान’, थपियो केन्द्रीय सदस्य

मङ्गलबार, ०६ पुस २०७८, १२ : २०
मङ्गलबार, ०६ पुस २०७८

आन्तरिक शक्ति संघर्ष चुलिएको विवेकशील साझा पार्टीमा राष्ट्रिय संयोजक मिलन पाण्डेले ‘विवेकशील साझा पार्टी सुदृढीकरण अभियान’ घोषणा गर्दै केन्द्रीय सदस्य थप गरेका छन् । रवीन्द्र मिश्रसँगको शक्ति संघर्षकै क्रममा पाण्डेले सुदृढीकरण अभियान थालेका हुन् ।

विवेकशील साझा पार्टी एकीकरण घोषणापत्र–२०७७ र वैकल्पिक राजनीतिको मूल बाटोलाई आधार बनाएर सुदृढीकरण अभियानलाई अघि बढाइने प्रवक्ता हरिप्रसाद भट्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भट्टका अनुसार हालका विवेकशील साझा पार्टीको हाल कायम केन्द्रीय समितिलाई समेत समेटेर २०१ सदस्यीय केन्द्रीय समिति बनाइएको छ ।

सुदृढीकरण अभियानमा थपिएका नयाँ केन्द्रीय सदस्यमा प्रविन सुवेदी, सुजन आचार्य, विक्रम परियार, कालुराम तामाङ, महेन्द्र आचार्य, कल्याण अधिकारी, बिमला रोक्का, डा. बोधराज पराजुली, सुबास भारती, ई. प्रदीप ढकाल छन् ।

यस्तै, पवन थापा मगर, प्रतिभा पोखरेल, दिपेन्द्र कार्की, चेतनाथ निरौला, प्रेक्षा पण्डित, डा. फणिन्द्र शाह, सुदिप ओझा, अशोक खड्का, सुरज श्रेष्ठ, मनिषा मगर, बाबुराज बस्नेत, युजन राजभण्डारी, कल्याण थापा, नवराज कार्की, सुवास पन्थी, सन्देश केसी, रेशम के श्रेष्ठ, रामहरि तिम्सिना, बिदुर अधिकारी, बन्धु घिमिरे, राजेशकुमार गिरी, आशा ठाकुर पनि केन्द्रीय सदस्यमा थपिएका छन् ।

यसैगरी नाबिता शर्मा, सुदिप बजगाई, सौरभ नेउपाने, तारा भट्ट, सौरभ न्युपाने (चाउ), भोला रिजाल, रविन्द्र उपाध्याय, रोहन दंगाल, सागर वेलवासे, भरत कँडेल, तुलसीराज उप्रेती, कृष्ण आचार्य, पदमराज न्यौपाने, नरेश भण्डारी (नाथन), भिम नारायण कोइराला, सागर घिमिरे, बिपिन पाण्डे, बिष्णु के.सी, निर्मल फुयाल, सम्झना उप्रेती, डा. गोविन्द आचार्य, रामबाबु यादव, उत्तम खनाल पनि केन्द्रीय सदस्यमा थपिएका छन् । थप १७ जना दोस्रो चरणमा मनोनित गर्ने जनाइएको छ ।

पार्टी संयोजक पाण्डेको नेतृत्वमा पार्टीका महत्त्वपूर्ण नेताहरू र वैकल्पिक राजनीतिको सीमाभित्र क्रियाशील विभिन्न तह र तप्काका नयाँ तथा पुराना अभियन्ताहरूलाई समेत सहभागी गराउँदै विवेकशील साझा पार्टीको सुदृढीकरण र पुनर्गठन गर्नु अभियानको मूल ध्येय हुने विज्ञप्तिमा जनाइएको छ ।

पार्टीका वरिष्ठ नेता, राजनीतिक संवाद समिति संयोजक तथा प्रशिक्षण विभाग प्रमुख केशव दाहाल, प्रदेश संसदीय दलका नेता रमेश पौड्याल, प्रदेश संयोजकहरू, अन्तर्राष्ट्रिय समिति संयोजक, विवेकशील साझा युवा सङ्गठनका महासचिव सरोज गौतम, सचिवहरु अमित पाठक र रविन्द्र उपाध्याय, पार्टीको केन्द्रीय सचिवालय, केन्द्रीय समिति, महिला, ज्येष्ठ नागरिक लगायतका आङ्गिक सङ्गठनका महत्त्वपूर्ण नेताहरू, प्रदेश, जिल्ला, गाउँ–नगर तथा प्रवासमा समेत सङ्गठित पार्टी सदस्य तथा शुभचिन्तक लगायत हाल पार्टीमा क्रियाशील महत्त्वपूर्ण सबैजसो नेता पार्टी सुदृढीकरण अभियानमा सहभागी हुने जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी वैकल्पिक राजनीतिलाई पश्चगामी बाटोमा जान दिने छैनौँ । पार्टीलाई मूलबाटोमा स्थापित गर्नेछौँ र वैकल्पिक राजनीतिक अभियान र यो पार्टीलाई अझ सुदृढ गर्दै अगाडि बढाउनेछौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप