मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रबाट अवैध वनस्पति बरामद
मङ्गलबार, ०६ पुस २०७८, १५ : ०४
सङ्खुवासभाको मकालु गाउँपालिका–३ उत्तर दक्षिण कोशी राजमार्गबाट प्रहरीले अवैध वनस्पति बरामद गरेको छ । इलाका प्रहरी कार्यालय हेदाङ्नाले भोटखोला गाउँपालिकाको च्याम्ताङबाट खाँदबारीतर्फ ल्याउँदै गरेको ना ७त ५६२१ नम्बरको ट्रयाक्टरसहित अवैध वनस्पति धुपी र पाखनबेद बरामद गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।
मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रको मकालु–३ बाट प्रहरीले अवैध वनस्पति आठ बोरा धुपी, तीन बोरा पाखनबेद बरामद गरेको प्रहरी निरीक्षक अधिकारीले बताए । प्रहरीले ट्रयाक्टर चालक खाँदबारी– ३ का अनिल दर्जीलाई नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि मकालु बरुण राष्ट्रिय निकुञ्जमा बुझाएको प्रहरी निरीक्षक अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण