बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

मङ्गलबार, ०६ पुस २०७८, १६ : २६
मङ्गलबार, ०६ पुस २०७८

पूर्व–पश्चिम राजमार्गको विर्तामोड नगरपालिका–१ मा ट्रकको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–१० का ४० वर्षीय यामनाथ राय रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मे १ ख १९५२ नं को ट्रकले ठक्कर दिँदा सोमबार राति उनी घाइते भएको छ ।

घाइते रायको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारकै क्रममा आज बिहान मृत्यु भएको प्रहरीको भनाइ छ । दुर्घटनामा संलग्न ट्रक र चालक इलाम सन्दकपुर–३ का रोशन लिम्बूलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप