सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेमाथि बाबुरामको आक्रोश : बढी उफ्रँदा आफ्नै धोती फुस्कन्छ

मङ्गलबार, ०६ पुस २०७८, २१ : २३
मङ्गलबार, ०६ पुस २०७८

जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले एमालेले लामो समयसम्म प्रतिनिधिसभालाई बन्धक बनाउने काम गरेको भन्दै आक्रोश पोखेका छन् । पार्टी फुटेको रीस र केपी ओलीको सनकको भरमा एमालेले प्रतिनिधिसभालाई बन्धक बनाएको भट्टराईको आरोप छ । 

‘पार्टी फुटेको रीस र खड्गप्रसादको सनकमा प्रमुख प्रतिपक्षी दल एमालेले महिनौंसम्म सार्वभौम प्रतिनिधिसभालाई बन्धक बनाउनु कस्तो लोकतान्त्रिक अभ्यास हो ? के यही हो उसको जबज ?’, भट्टराईको ट्वीटरमा आक्रोश पोखेका छन् ।  यसैलाई नजीर मानेर भविष्यमा अरू प्रतिपक्षी दलले सदन चल्न नदिए लोकतन्त्र बॉच्छ भन्ने प्रश्न पनि बाबुरामले गरेका छन् । 

उनले एमालेलाई कटाक्ष गर्दै अगाडि लेखेका छन्, ‘बढी उफ्रँदा आफ्नै धोती फुस्कन्छ है !’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप