एमालेमाथि बाबुरामको आक्रोश : बढी उफ्रँदा आफ्नै धोती फुस्कन्छ
मङ्गलबार, ०६ पुस २०७८, २१ : २३
जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले एमालेले लामो समयसम्म प्रतिनिधिसभालाई बन्धक बनाउने काम गरेको भन्दै आक्रोश पोखेका छन् । पार्टी फुटेको रीस र केपी ओलीको सनकको भरमा एमालेले प्रतिनिधिसभालाई बन्धक बनाएको भट्टराईको आरोप छ ।
‘पार्टी फुटेको रीस र खड्गप्रसादको सनकमा प्रमुख प्रतिपक्षी दल एमालेले महिनौंसम्म सार्वभौम प्रतिनिधिसभालाई बन्धक बनाउनु कस्तो लोकतान्त्रिक अभ्यास हो ? के यही हो उसको जबज ?’, भट्टराईको ट्वीटरमा आक्रोश पोखेका छन् । यसैलाई नजीर मानेर भविष्यमा अरू प्रतिपक्षी दलले सदन चल्न नदिए लोकतन्त्र बॉच्छ भन्ने प्रश्न पनि बाबुरामले गरेका छन् ।
उनले एमालेलाई कटाक्ष गर्दै अगाडि लेखेका छन्, ‘बढी उफ्रँदा आफ्नै धोती फुस्कन्छ है !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण