मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

स्वास्थ्य राम्रै रहे अर्को पटक पनि राष्ट्रपतिमा उठ्छु : बाइडेन

बिहीबार, ०८ पुस २०७८, ११ : ३३
बिहीबार, ०८ पुस २०७८

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूलाई स्वास्थ्यले साथ दियो भने अर्थात् स्वास्थ्य अवस्था राम्रै रह्यो भने अब हुने अर्को राष्ट्रपतिको निर्वाचनमा पनि आफू निर्वाचनमा लड्ने बताएका छन् । अमेरिकामा हरेक चार वर्षमा हुने राष्ट्रपतीय निर्वाचन आगामी सन् २०२४ मा हुन्छ । सो समयसम्ममा आफ्नो स्वास्थ्य अवस्था ठीक रहेका खण्डमा आफू पुनः राष्ट्रपतिमा उठ्ने उनले बताएका हुन् ।

बुधबार एबीसी वल्र्ड न्युजसँगको अन्तर्वार्तामा उनले स्वास्थ्यले साथ दिए पुनः राष्ट्रपति पदमा उम्मेदवारी दिने बताए । सो क्रममा उनले भनेका थिए– ‘हेर्नुस् म अहिलेजस्तै स्वस्थ भएँ र मलाई अबको चार वर्षपछि पनि म अहिलेजस्तै अवस्थामा आफूलाई पाएँ भने त्यो निर्वाचनमा पनि म अवश्य उठ्छु ।’ –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप