रवीन्द्र मिश्रलाई सिके राउतको प्रश्न : विचारभन्दा माथि देश कसरी हुन्छ ?
बिहीबार, ०८ पुस २०७८, १३ : ०१
जनमत पार्टीका अध्यक्ष सिके राउतले विचारभन्दा माथि देश कसरी हुन्छ भन्दै विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई प्रश्न गरेका छन् । मिश्रले विचारभन्दा माथि देशको मार्गचित्र पार्टीमा लागू गराएका छन् भने सोही विचारका कारण पार्टीमा विग्रह आइरहेको बेला राउतले ट्वीटरमार्फत यस्तो प्रश्न गरेका हुन् ।
‘विचारभन्दा माथि देश रे ! देश आफैंमा विचारबाट जन्मेको हो’, राउतको भनाइ छ, ‘पहिला विचार आएको हो, अनि मात्रै देश। अनि विचारभन्दा माथि देश कसरी हुन्छ ?’ उनले अगाडि थपेका छन्, ‘देश के पृथ्वी उत्पति हुँदाखेरि बनेर आएको थियो र ? कति त यहाँ टिनेएजर्सभन्दा पनि कान्छा छन्।’
कुनै बेला पृथकतावादी आन्दोलन गर्ने राउत अहिले मधेस केन्द्रीत राजनीतिमा सक्रिय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण