रवीन्द्र मिश्रलाई सिके राउतको प्रश्न : विचारभन्दा माथि देश कसरी हुन्छ ?
बिहीबार, ०८ पुस २०७८, १३ : ०१

जनमत पार्टीका अध्यक्ष सिके राउतले विचारभन्दा माथि देश कसरी हुन्छ भन्दै विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई प्रश्न गरेका छन् । मिश्रले विचारभन्दा माथि देशको मार्गचित्र पार्टीमा लागू गराएका छन् भने सोही विचारका कारण पार्टीमा विग्रह आइरहेको बेला राउतले ट्वीटरमार्फत यस्तो प्रश्न गरेका हुन् ।
‘विचारभन्दा माथि देश रे ! देश आफैंमा विचारबाट जन्मेको हो’, राउतको भनाइ छ, ‘पहिला विचार आएको हो, अनि मात्रै देश। अनि विचारभन्दा माथि देश कसरी हुन्छ ?’ उनले अगाडि थपेका छन्, ‘देश के पृथ्वी उत्पति हुँदाखेरि बनेर आएको थियो र ? कति त यहाँ टिनेएजर्सभन्दा पनि कान्छा छन्।’
कुनै बेला पृथकतावादी आन्दोलन गर्ने राउत अहिले मधेस केन्द्रीत राजनीतिमा सक्रिय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर