फर्स्टलुकमा यस्तो देखियो ‘हेल्लो जिन्दगी’
फिल्म ‘हेल्लो जिन्दगी’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको फिल्ममा आगामी ११ चैत्र (२५ मार्च, २०२२) मा देशव्यापी प्रदर्शनमा आउने तय भएको निर्देशक बोहराले जानकारी दिए ।
सत्य घटनामा आधारित रहेर निर्माण भएको फिल्ममा बिक्रम डि.जोशी, प्रियंका कार्की, दीपिका प्रसाईं, एभरेष्ट सूर्य बोहरा, विल्सन विक्रम राई, विक्रान्त बस्नेत, सविता गुरुङ, सनमकुमार बैराग, जानकी पन्त (जुन), ध्रुव दत्त, कुमुद पन्त लगायतका कलाकारको अभिनय रहेको छ ।
तीन किसिमका सार्वजनिक फस्र्टलुक पोस्टरमध्ये एउटामा फिल्मका प्रमुख अभिनेता बिक्रम डि जोशी ‘एंग्री म्यान’ का रुपमा मैदानमा उत्रिएका छन् । अर्काे एउटा पोस्टरमा नायक जोशी नायिका दीपिकासँग ‘डिफेन्डिङ मुड’ देखिएका छन् भने अर्काे एकमा नायक जोशीका साथमा नायिकाहरू प्रियंका कार्की, दीपिका प्रसाईं, विल्सन बिक्रम राई र विक्रान्त बस्नेत प्रस्तुत छन् ।
युके र नेपालमा छायाङ्कन गरिएको फिल्मको निर्मातामा हिराल जोशी र बिक्रम डि.जोशी हुन् । सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको फिल्मको कथा निर्देशक बोहरा र बिक्रम डी जोशीको हो भने पटकथा र सम्वादमा निर्देशक बोहोरालाई अभिमन्यु निरवीले साथ दिएका छन् ।
फिल्ममा राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत छ । आरआर फिल्मस् वितरक रहेको फिल्म महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस् सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको हो । सविता गुरुङ सहनिर्माता रहेको फिल्ममा पुरुषोत्तम प्रधानको छायाँकन, सम्राट बस्नेतको द्धन्द्ध, मित्र डि. गुरुङको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देवानगञ्ज घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : आङ्देम्बे
-
इरान-अमेरिका वार्ता सुरु भए पनि रोकिएन तनाव : जलमार्गदेखि अर्थतन्त्रसम्म युद्धको असर
-
सुनसरी घटना : साम्प्रदायिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति
-
सुनसरीको देवानगन्ज घटनाप्रति मानव अधिकार आयोगको चासो
-
महाराष्ट्रका मुख्यमन्त्रीसँग नेपाली प्रतिनिधिमण्डलको भेट
-
सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङका विद्यार्थी दीक्षित, नेपालमा नयाँ एआई कार्यक्रमको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण