सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङका विद्यार्थी दीक्षित, नेपालमा नयाँ एआई कार्यक्रमको घोषणा
सारांश
- सामसङ इनोभेसन क्याम्पसले कोडिङ र प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न गरी विद्यार्थीहरूलाई दीक्षित गरेको छ ।
- कम्पनीले नेपालमा नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कोर्सका लागि आवेदन खुला गरेको घोषणा गरेको छ ।
- यस कार्यक्रमले युवाहरूलाई डिजिटल सीप विकास गरी नेपालको डिजिटल भविष्यको नेतृत्व गर्न तयार पार्ने लक्ष्य राखेको छ ।
काठमाडौँ । सामसङ नेपालले आफ्नो 'सामसङ इनोभेसन क्याम्पस' अन्तर्गत कोडिङ र प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न गरेको छ ।
यसका साथै कम्पनीले नेपालको भावी डिजिटल जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ नयाँ 'आर्टिफिसियल इन्टेलिजेन्स' (एआई) कोर्सका लागि आवेदन खुल्ला गरेको घोषणा गरेको छ ।
सन् २०२५ डिसेम्बर २२ देखि सुरु भई सन् २०२६ जुन ३० सम्म सञ्चालित कोडिङ र प्रोग्रामिङ कोर्सले विद्यार्थीहरूलाई प्राविधिक सीप, व्यावहारिक प्रोजेक्टको अनुभव र उद्योगको प्रत्यक्ष ज्ञान प्रदान गरेको थियो । हालै आयोजित एक दीक्षान्त समारोहमा उक्त कोर्स सफलतापूर्वक पूरा गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको छ ।
सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङले कार्यक्रममा बोल्दै नेपाली युवाहरूको क्षमताको प्रशंसा गरे । उनले भने, 'गत डिसेम्बरमा नेपाल आउँदा मैले यहाँका युवाहरूमा जुन सम्भावना देखेको थिएँ, आज त्यसलाई उपलब्धिमा बदलिएको देख्दा मलाई गर्व लागेको छ । आर्टिफिसियल इन्टेलिजेन्सले विश्वका हरेक उद्योगलाई नयाँ स्वरूप दिइरहेको वर्तमान अवस्थामा युवाहरूमा डिजिटल सीपको विकास हुनु अत्यन्तै जरुरी छ । सामसङ इनोभेसन क्याम्पसमार्फत हामीले युवाहरूलाई आत्मविश्वास र नवीन सोचका साथ नेपालको डिजिटल भविष्यको नेतृत्व गर्न तयार पारिरहेका छौँ ।'
सामसङको विश्वव्यापी सीएसआर भिजन "टुगेदर फर टुमरो ! इनेब्लिङ पिपुल" अन्तर्गत सन् २०२३ मा नेपालमा यो कार्यक्रम सुरु गरिएको थियो । यस कार्यक्रमले युवाहरूलाई उदीयमान प्रविधिमा दक्ष बनाउनुका साथै कार्यस्थलका लागि आवश्यक सञ्चार, सहकार्य र आलोचनात्मक सोच जस्ता सीपहरू विकास गर्न सहयोग पुर्याउँदै आएको छ ।
नयाँ सुरु हुन लागेको एआई कार्यक्रमले विद्यार्थीहरूलाई व्यावहारिक सिकाइ र वास्तविक समस्या समाधानमा केन्द्रित गर्नेछ । यस कोर्समार्फत सहभागीहरूले नेपालको बदलिँदो विकासका आवश्यकताहरूलाई सम्बोधन गर्न एआई क्षमताको विकास गर्ने अवसर पाउनेछन् ।
कक्षाकोठाको सिकाइबाहेक सामसङ नेपालले स्नातकहरूलाई सामसङका कर्मचारी र उद्योग विज्ञहरूमार्फत मेन्टरसिप, करियर मार्गदर्शन र नवीन परियोजनाहरूमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
यसका साथै, सामसङले 'सामसङ इनोभेसन क्याम्पस एल्मुनाई नेटवर्क' स्थापना गर्ने योजना पनि बनाएको छ । यस सञ्जालले दीक्षित विद्यार्थीहरूलाई एक-अर्कासँग जोडिन, निरन्तर सिक्न र भविष्यका सहभागीहरूलाई मार्गदर्शन गर्न मञ्च प्रदान गर्नेछ ।
नेपालको डिजिटल रूपान्तरणलाई गति दिन र रोजगारीका अवसरहरू विस्तार गर्न शैक्षिक क्षेत्र, उद्योग र सरकारबीचको सहकार्य आवश्यक रहेको सामसङको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनमत पार्टीका सचिव यादवद्वारा राजीनामा
-
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
-
पाकिस्तानमा मनसुनी वर्षा र बाढीबाट मृत्यु हुनेको संख्या एक सय ७ पुग्यो
-
युट्युब र एआईका अप्रमाणित सामग्री नियन्त्रण गर्न कानुनी सुधारको माग
-
यातायातको सर्भर अद्यावधिक गर्दा सेवा प्रभावित
-
अपराध पीडितका लागि क्षतिपूर्ति र अन्तरिम राहत अनिवार्य माग गरिने : महान्यायाधिवक्ता कँडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण