प्रदेश १ का मन्त्रीको गुनासो : संघीय सरकारको हेपाइमा परियो
प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले संघीय सरकारको हेपाइमा प्रदेश सरकार परेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले विराटनगरमा गरेको मानवअधिकार वर्ष पुस्तकको समीक्षा कार्यक्रममा बोल्दै मन्त्री कार्कीले माथिल्लो सरकारले तल्ला सरकारलाई हेप्ने गरेका कारण गति लिन नसकेको बताएका हुन् ।
उनले भएको कुरासमेत नदिने दिनै परे पनि ‘पखपख हेरहेर’ गरेर रोकेको आरोपसमेत लगाए । संघीय सरकारले अधिकार नदिँदा काम गर्न समस्या भएको उनको भनाइ छ । तल्ला तहका सरकारलाई अधिकार दिनबाट वञ्चित गर्ने खेलमा प्रदेश सरकार लागेको उनको आरोप रहेको छ ।
संघीय सरकारले धेरै कानुन नबनाउँदा प्रदेश सरकारले गति लिन नसकेको उनी बताउँछन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजय भोगेपछि मन्त्री कार्की देउवाप्रति खनिएका थिए । उनले केपी ओली नेतृत्व सरकारकै शैलीमा शेरबहादुर देउवा नेतृत्वको सरकार लागेको समेत बताए ।
मानव अधिकार उल्लघनका घटनामा न्यूनीकरणका लागि राज्य मात्रै नभई जनतासमेत सचेत हुनुपर्ने उनको भनाइ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण