यो साता ह्वात्तै घट्यो सुनको मूल्य, चाँदीको बढ्यो
यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताभरमा सुनको मूल्य ओरालो लागेको जानकारी दिएको हो । अघिल्लो साताको शुक्रबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य यो साताको शुक्रबार ९३ हजार १०० रुपैयाँ कायम छ ।
साताको पहिलो कारोबार दिन आइतबार ४०० घटेर सुरु भएको कारोबार सोमबार तोलामा २०० ले बढेको सुनको मूल्य मंगलबार र बुधबार घट्दै प्रतितोला ९२ हजार ६०० रुपैयाँसम्म आइपुगेको थियो । फेरि बिहीबार र शुक्रबार बढ्दै साताको अन्तिम दिनसम्म आइपुग्दा छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको हो ।
यसैगरी, अघिल्लो साताको शुक्रबार प्रतितोला १२ सय ५० रुपैयाँ रहेको चाँदीको मूल्य यो साता १० रुपैयाँले बढेको छ । हिजो शुक्रबार चाँदीको प्रतितोला मूल्य १२ सय ६० कायम रहेको महासंघले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण