जीतु भन्छन्, ‘फुलन्देकी आमा’ बिना पनि मुन्द्रले केही गर्न सक्छ’
हास्य कलाकार जीतु नेपालले दर्शकलाई आफुले निरास नपर्ने बताएका छन् । कमेडी रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ फेरि ल्याउन लागेको सामाजिक संजाल मार्फत आधिकारीक घोषणा गर्दै उनले दर्शकलाई धेरै हँसाउन नसकेपनि नरुवाउने बाचा गरेका छन् ।
‘मुन्द्रेको कमेडी क्लब पुन प्रसारण होस् भन्ने धेरैको चाहना रहेकोले फेरि आफ्नो कर्म तिर लाग्दैछु’ जीतुले भने ‘मुन्द्रेले धेरै हँसाउन न सक्ला, तर रुवाउने छैन । मुन्द्रेले धेरै राम्रो गर्न नसक्ला, तर नराम्रो गर्ने छैन ।’ नयाँ अनुहार, नयाँ सेटअप र मनोरञ्जनका नयाँ प्रयोग सहित कार्यक्रम ल्याउन लागेको उनले जानकारी दिएका छन् ।
‘हिजोका केही कमिकमजोरीहरुलाई हटाउँदै नयाँ जोश जाँगर र उत्साह सहित आउन लागेका छु’ उनले अगाडि भनेका छन् ‘क्लबमा सहभागी हुने नयाँ पात्रहरु, प्रसारण हुने टेलिभीजन, मिती र समय चाँडै नै एक कार्यक्रमका बीच सार्वजनिक गर्नेछौ । दर्शकबाट पाईरहेको माया, साथ र हौसला निरन्तर मिल्ने उनले आस समेत गरेका छन् ।
‘उमेश राई फुलन्देकी आमा’ बिना मुन्द्रेले केही गर्न नसक्ने होइन । उ बिना पनि कार्यक्रम गर्नसक्छ’ रातोपाटीसँग जीतुले भने । ‘मुन्द्रेको कमेडी क्लब’ शोका कलाकार उमेश राई ‘फुलन्देकी आमा’ ले धोका दिएको भन्दै उनले केही अगाडि कार्यक्रम बन्द गरेका थिए । ‘मुन्द्रेको कमेडी क्लब’ नेपाल टेलिभिजनबाट प्रसारण हुने लोकप्रिय रियालटी शो थियो । जीतु आफैले होष्ट गरेको उक्त शोमा उमेश राई, राजाराम पौडेल, राजेन्द्र नेपालीको अलवा सदावहार अभिनेत्री करिश्मा मानन्धर समेत देखिदै आएका थिए । सुरुवातको समय शोमा अभिनेत्री निर्देशक दीपाश्री निरौला पनि थिइन् ।
यस्तो छ जीतुको स्टाटस
सबैमा हार्दिक नमन सहित सानो जानकारी दिन चाँहे.....
मुन्द्रेको कमेडी क्लब पुन प्रसारण होस् भन्ने धेरैको चाहना रहेकोले फेरि आफ्नो कर्म तिर लाग्दैछु । हिजोका केही कमिकमजोरीहरुलाई हटाँउदै नयाँ जोश जाँगर र उत्साह सहित आउन लागेका छु । केही नयाँ अनुहार, नयाँ सेटअप र मनोरञ्जनका नयाँ प्रयोग सहित, मेरो आदरणीय गुरु दिनेश डि.सी दाईको निर्देशनमा तयार गरिने अबका भागहरु अवस्य हजुरहरुलाई मनोरञ्जन दिन सफल हुनेछ भन्ने बिस्वास लिएको छु ।
क्लबमा सहभागी हुने नयाँ पात्रहरु, प्रसारण हुने टेलिभीजन, मिती र समय चाँडै नै एक कार्यक्रमका बस्च सार्वजनिक गर्नेछौ । सबै आदरणीय दर्शकबाट पाईरहेको माया साथ र हौसला निरन्तर मिल्नेछ भन्ने आशा लिएका छु । ‘मुन्द्र’ केही आत्तिएला, तर मात्तिने छैन । मुन्द्रेले धेरै हसाउन नसक्ला, तर रुवाउने छैन । मुन्द्रेले धेरै राम्रो गर्न नसक्ला, तर नराम्रो गर्ने छैन ।
हजुरहरुले माया गरेर नामनै परिवर्तन गरिदिनुभयो । ‘मुन्द्रे’ बनाईदिनु भयो,अनि हजुरहरुले बनाएको ‘मुन्द्रे’ निराश भएर घर बसेको हेर्न चाहनु हुन्छ त...?
त्यसैले अब आउँछ ‘मुन्द्रे’ आफ्नो क्लब लिएर हजुरहरुको माँझमा सबै प्रती हार्दिक नमन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
-
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन – सचेतक परियार
-
रोपाइँमा व्यस्त हुन थाले पूर्वआईजीपी खापुङ
-
विश्वकप : कुन टोलीको जर्सी उत्कृष्ट ?
-
न्यौपानेलाई एक भोट अन्तरले हराउँदै कास्की रास्वपा सभापतिमा अधिकारी विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण