उदयपुरमा प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु हुने
उदयपुरमा साहसिक खेल प्याराग्लाडिङको व्यासायिक उडान सुरु हुने भएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उदयपुरको कटारी नगरपालिका–७ मर्जेतपुरगढीबाट नगरको वडा नं ५ सिमसार क्षेत्रसम्मको लागि प्याराग्लाइडिङ उडान सुरु भएको हो ।
शुक्रबार र शनिबार सो क्षेत्रमा दुई दिनसम्म नियमित उडान परीक्षण गरेर सफल भएपछि अब व्यावसायिक रुपमा प्याराग्लाइडिङ उडान सुरु गर्न लागिएको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए ।
कटारी नगरपालिकाको सहयोग र गडिकोट प्याराग्लाइडिङ समितिको आयोजनामा व्यावसायिक प्याराग्लाइडिङ उडान सफल भएपछि अब गडिकोट पर्यटन विकास समितिको लगानी र कटारी नगरपालिकाको सहयोगमा यस क्षेत्रमा नियमित प्याराग्लाइडिङ उडान सुरु गर्न लागिएको नगरपालकाले जनाएको छ ।
यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि नियमित प्याराग्लाइडिङ उडान गर्न यहाँका उत्साहित युवालाई पोखरामा लगेर यस सम्बन्धी विशेष तालिमको व्यवस्था गरिएको छ । पोखराका केही प्राविधिकको सहयोगमा प्याराग्लाइडिङ उडान सुरु गर्न लागिएको बताइएको छ ।
व्यावसायिक उडान सुरु भएपछि यसमा रमाउने यहाँका बासिन्दा यसप्रति आकर्षित हुने विश्वास लिइएको छ । कटारी नगरपालिका, प्रदेश नं १ सरकार र गडिकोट पर्यटन विकास समितिको रु पाँच करोडको लगानीमा प्याराग्लाइडिङ उडान सुरु गरिएको छ । यो खेलको विकास तथा विस्तारका लागि डिपिआर तयार गरिएको कटारी नगरपालिकाका प्रमुख श्रेष्ठले बताए ।
कटारी–५ को सिमसार तथा तालतलाउ र जङ्गल क्षेत्रमा झण्डै ४० प्रजातिका चरा पाइने र विभिन्न प्रकारका जङ्गली जनावारसमेत पाइने हुनाले सो क्षेत्रमा गडिकोट क्षेत्रबाट प्याराग्लाइडिङ उडान गरेर पर्यटक भित्र्याउनका लागि प्याराग्लाइडिङ उडान सुरु गरिन लागेको कटारी नगरपालिकाले बताएको छ ।
कटारी नगरपालिका–५ स्थित जङ्गल क्षेत्रमा रहेको सिमार क्षेत्र र मर्जेतपुर गडिकोट क्षेत्र नौ किलोमिटर दूरीको माथिल्लो पहाडी क्षेत्रमा अवस्थित छ । कटारी बजारबाट पर्यटक सिधै मर्जेतपुरगढी क्षेत्र पुगेर प्याराग्लाइडिङमार्फत सिमासार क्षेत्रमा झर्नसक्ने र त्यहाँबाट सिमासार क्षेत्रको अवलोकन गर्न सक्ने गरी प्याराग्लाइडिङ उडान सुरु गर्न लागिएको कटारी नगरपालिकाले जनाएको छ ।
मर्जेतपुर गढी क्षेत्रबाट सिमासार क्षेत्रसम्म उडान गरेर झर्न नौ किलोमिटरको दूरी पार गर्नुपर्ने र यसमा कुनै पनि समस्या नदेखिएकाले प्याराग्लाइडिङ उडान सफल हुने प्याराग्लाइडिङ प्राविधिक तथा क्याप्टेन दिलकुमार सुनुवारले बताए । यहाँ भएको नियमित उडान परीक्षणमा कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले आफै प्याराग्लाइडिङमा उडेर उद्घाटन गर्नुभएको कटारी नगरपालिकाकी उपप्रमुख भीमकुमारी राउतले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण