बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदेश १ मा २३ सङ्क्रमित थपिए

आइतबार, ११ पुस २०७८, १९ : ५८
आइतबार, ११ पुस २०७८

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन सय ५५ को पीसीआर परीक्षण गर्दा २२ र ४८ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३, सुनसरीमा चार, झापामा तीन, पाँचथर र प्रदेश बाहिरका एक/एकमा सङ्क्रमण पुष्टि भएको हो । प्रदेशमा आजै छ महिलासहित ११ कोरोना सङ्क्रमणमुक्त भएका छन् भने अझै सक्रिय सङ्क्रमितको ११३ जना रहेको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप