क्रिसमस पार्टी भइरहेको रेष्टुरेन्टमा आत्मघाती बम विस्फोट, ८ जनाको मृत्यु
सोमबार, १२ पुस २०७८, १० : ३६
लोकतान्त्रिक गणतन्त्र कंगोको एउटा रेष्टुरेन्टमा भएको आत्मघाती बम विस्फोटमा परी ८ जनाको मृत्यु भएको छ । कंगोको पूर्वीय क्षेत्रमा रहेको बेनी शहरमा शनिबार राति भएको बम विस्फोटमा आत्मघाती बम विस्फोट गराउने एक जनासहित ८ जनाको मृत्यु भएको हो ।
सिएनएनका अनुसार क्रिसमस पार्टी चलिरहेको अवस्थामा इनबक्स बारमा बिस्फोट गराइएको थियो । विस्फोटमा परी २० जना घाइते भएका सरकारका प्रवक्ता प्याट्रिक मुयायाले जानकारी दिएका छन् ।
यो हमला उक्त क्षेत्रमा कंगो र युगान्डा फोर्सले इस्लामबादीहरुको विरुद्ध गरेको अनुमान गरिएको छ ।
आत्मघाती बम विस्फोट गराउने व्यक्तिलाई सुरक्षागार्डले रोक्ने प्रयास गरेका थिए । तर उसले बम सक्रिय गराएर भित्र छिरेको थियो ।’ सरकारका क्षेत्रीय प्रवक्ताले जानकारी दिए । सुरक्षा निकायका अनुसार मृत्यु हुनेमा दुई महिला र एक जना किशोरी पनि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण