विमानभित्र महिलाको पेन्टीलाई पुरुषले मास्क बनाएर लगाएपछि.....
आफ्नै व्यवहारका कारण अदाम जेनलाई युनाइटेड एयरलान्इन्सको उडानबाट निकालिएको छ । उनले महिलाको पेन्टीलाई फेस मास्कको रुपमा लगाएका कारण विमानबाट निकालिएको हो ।
विमानभित्रका अर्का यात्रुले उनको फुटेज खिचेर अनलाईनमा व्यापक सेयर गरेका थिए । उक्त फुटेजमा देखिए अनुसार अदाम जेनेले गुलाबी थोङ्ग (एक प्रकारको पेन्टी) लाई मास्क झैँ नाक र मुख छोपिने गरी लगाएको देख्न सकिन्थ्यो । विमान फोर्ट लाउडरडालेबाट वासिङटनका लागि उडान भर्ने तयारीमा थियो ।
विमानभित्रका एक कर्मचारीले भने,‘तपाईँलाई विमानबाट निकालिँदैछ । हामी तपाईँलाई यात्रा गर्न अनुमति दिदैनौँ ।’
फ्लोरिडाका जेनेले पनि भनेको सुन्न सकिन्छ, ‘किन ?’ ? जवाफमा कर्मचारीले मास्कको उचित प्रयोग बारे जानकारी दिए ।
३८ वर्षका ती व्यक्तिलाई विमानबाट निकालिएपछि विमानभित्रका अन्य यात्रीले यसको समर्थन गरे । ती व्यक्तिको व्यहार देखेर धेरैजना बाहिरिनका लागि आफ्नो सिटबाट उठिसकेका थिए ।
उक्त घटनापछि जेनले एउटा भिडियो पनि खिचेका छन् जसमा उनले विमानभित्र मास्कलाई अनिवार्य गरिएको नियमको विरोधमा आफूले यस्तो मूखर्तापूर्ण व्यवहार गरेको स्पष्टिकरण दिएका छन् ।
युनाइटेड एयरलाइन्सको वेबसाइटका अनुसार विमानभित्र यात्रुले नाक र मुख दुबै छोपिने गरी मास्क लगाउनुपर्छ । जेनले यो शर्त पेन्टीले पूरा गरिदिएको बताए ।
उनका अनुसार उनलाई युनाइटेड एयरलाइन्सको विमानमा प्रतिबन्ध गरिएको र यस्तै व्यवहार गरेका कारण डेल्टा एयरलाइन्सबाट पनि निकालिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण