इलामको उच्च पहाडी क्षेत्रमा हिमपात
सोमबार, १२ पुस २०७८, १४ : ३४
इलाम जिल्लाको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगात स्थानमा शनिबार बेलुकीदेखि हिमपात भएको हो । सन्दकपुर गाउँपालिकाको सन्दकपुर, जौबारी र कालपोखरी र गैरीबास इलाम नगरपालिकाको पाटेनागीलगायत स्थानमा वर्षासहित हिमपात भएको छ ।
हिउँ परेपछि सदरमुकामलगायत वरपरका बासिन्दा हिउँमा खेल्न गएका छन् । हिमपातका कारण चिसो बढेकाले जिल्लाका उच्च पहाडी क्षेत्रको जनजीवन कष्टकर भएको छ । सदरमुकामलगायतका ठाउँमा पनि चिसो बढेको छ ।
हिउँ परेको क्षेत्रमा गाईवस्तुलाई घाँस खुवाउन र बाहिरको काम गर्न समस्या भएको सन्दकपुर गाउँपालिकाका दिनेश ढकालले जानकारी दिए । उच्च पहाडी क्षेत्रमा हिमपात भएसँगै दैनिक कामकाजमा पनि समस्या भएको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण