शशांक र सुजातालाई व्यवस्थापन गर्न नसक्दा पराजय : डा. शेखर कोइराला
नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नै परिवारभित्रका भाइ र बहिनीलाई उचित व्यवस्थापन गर्न नसक्दा आफूले पार्टी सभापतिमा हार व्यहोर्नु परेको बताएका छन् । उनले भाइ शशांक र बहिनी सुजातालाई मिलाउन नसक्नु आफ्नो कमजोरी भएको पनि स्वीकार गरे ।
विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै नेता कोइरालाले भने, ‘मभित्र धेरै कमी कमजोरी छन्, कोइराला परिवारभित्र भाइ र बहिनीको भावना, मर्म बुझ्न सकिनँ ।’ सोही कारण आफू पार्टी सभापति पदमा पराजित हुन परेको उनको भनाइ छ ।
उनले बीपी कोइरालाले आफ्नो बुबालाई लेखेको पत्रबारे आफूले शशांक र सुजातालाई बुझाउन नसक्नु पनि आफ्नो पराजयको एउटा कारण भएको बताए । उनले महाधिवेशनमा आफूले हासिल गरेको मतअनुसार नै पार्टीमा आफ्नो वरीयता कायम भएको पनि उल्लेख गरे । काँग्रेस केन्द्रीय समितिको बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनित गर्दै २० औ नम्बरको वरीयता कायम गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण