नेपालमा बैंकिङ कसुरसम्बन्धी मुद्दा बढ्दै
नेपालमा पछिल्लो समय बैंकिङ कसुरसम्बन्धी मुद्दाको दर्ता बढ्दै गएको देखिएको छ । नेपाल प्रहरीबाट प्राप्त तथ्यांकले पछिल्लो समय बैंकिङ कसुरसम्बन्धी दर्ता हुने मुद्दाको संख्या बढ्दै गएको देखाएको हो ।
प्रहरीको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ५ महीना अर्थात् मङ्सिर मसान्तसम्म यस्तो मुद्दाको संख्या १०५ प्रतिशतले बढेको छ । गत आवको पहिलो ५ महीनामा बैंकिङ कसुरमा ८८० मुद्दा प्रहरीमा दर्ता भएका थिए, चालू आवको सोही अवधिमा त्योभन्दा बढी अर्थात् १ हजार ८०८ ओटा यस्तो मुद्दा प्रहरीमा दर्ता भएका छन् ।
बैंकिङ कसुरसम्बन्धी मुद्दा नेपाल प्रहरीमार्फत अदालती प्रक्रियामा जाने गर्छ । यसमा सरकार आफै नै वादी (पक्ष) भएर मुद्दा लड्ने गर्छ, जुन पछिल्लो समय ह्वात्तै बढेको प्रहरीको तथ्यांकले देखाएको छ । यस्तो मुुद्दा उच्च अदालतमा फैसला हुने गर्छ । आव २०७६/७७ मा ३ हजार ३०९ ओटा यस्तो मुद्दा दर्ता हुँदा गत आव २०७७/७८ मा २ हजार ३७३ ओटा मुद्दा दर्ता भएको देखिन्छ । तर, चालू आवदेखि बैंकिङ कसुरको मुद्दा पुनः बढ्न थालेको प्रहरीको तथ्यांकले देखाएको छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण