‘खासखुस’मा हुन्छ खास कुरा
महिनावारी हुँदा कस्ता सामग्री प्रयोग गर्ने ? यो समयमा हुनसक्ने सम्भावित प्रजनन स्वास्थ्यसम्बन्धी जोखिमबाट कसरी बच्ने ? किशोरी अवस्थामा धेरैका लागि मुख्य चुनौती बन्ने गरेको तर सहजै बताउन नसक्ने यही समस्याबारे अनुभव आदानप्रदान गर्न दृष्टिविहीनहरूले सन्देशवाहक समूह खडा गरेका छन् ‘खासखुस’ ।
यो समूह यतिखेर दृष्टिविहीन किशोरीका लागि महिनावारीदेखि प्रजनन स्वास्थ्यसँग सम्बन्धित विषयमा खुलेर कुरा गर्ने साझा मञ्च बनेको छ । यही मञ्चले यौन तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित समस्या समाधानका विषयमा धेरै दृष्टिविहीन किशोरीलाई महत्त्वपूर्ण ज्ञान दिएको समूहको नेतृत्व गर्नुभएका दृष्टिविहीन सन्जिया श्रेष्ठ बताउछिन् ।
श्रेष्ठले भनिन्, “नेपाली समाजमा यौन तथा प्रजनन स्वास्थ्यबारे अझै पनि खुलेर कुराकानी गरिँदैन । तर अहिले हामीले खडा गरेको म्यासेन्जर समूहले दृष्टिविहीन किशोरीलाई प्रजनन स्वास्थ्यबारे कसरी सजग रहने भन्ने विषयमा महत्त्वपूर्ण जानकारी दिने गरेको छ ।”
समाजमा सबैलाई आवश्यक रहेको तर सहजै खुल्न नसक्ने विषयमा कुरा गर्नुपर्ने भएकाले म्यासेन्जर समूहको नाम पनि ‘खासखुस’ नै जुराएको श्रेष्ठको भनाइ छ । खासखुस समूहमा आबद्ध किशोरीहरूले महिनावारी हुँदा अपनाउने सावधानी, प्रयोग गर्ने सामग्री, सरसफाइसहित प्रजनन स्वास्थ्यसम्बन्धी अधिकारको विषयमा अनुभव आदानप्रदान गरिन्छ ।
पाठ्यक्रममै समावेश भएको यौन तथा प्रजनन स्वास्थ्य शीर्षकको अध्यापन गराउन शिक्षक÷शिक्षिका अझै तर्कने प्रचलन छ । यस्तो अवस्थामा यो समूह निकै प्रभावकारी भएको यसमा आबद्ध किशोरीहरूको अनुभव छ ।
यो समूहलाई नेपाल परिवार नियोजन सङ्घ उपत्यका शाखाले ‘अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी परियोजना’मार्फत सहयोग गरिरहेको छ ।
सङ्घले काठमाडौँका लागि सन्जिया श्रेष्ठ र रुवी महर्जन तथा ललितपुर र भक्तपुरका लागि अम्बिका कुइँकेल, गङ्गालक्ष्मी प्रजापति, सुनिता दुवाल र समीक्षा कार्कीलाई साथी शिक्षकका रूपमा खटाएको छ । सङ्घ उपत्यका शाखाका प्रबन्धक शरदकुमार अर्यालले उपत्यकाका तीनवटै जिल्लामा परियोजनामार्फत अपाङ्गता भएका व्यक्तिहरूलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकारबारे प्रशिक्षण दिएको बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण