‘आमा–४’ ल्याउँदै उषा
पूर्व मिस नेपाल तथा मोडल उषा खड्गी कार्यक्रम प्रस्तोताको रुपमा देखिने भएकी छन् । न्युज २४ टेलिभिजनमा प्रस्तुत हुने साप्ताहिक कार्यक्रम ‘आमा’को सिजन चारमा उनी होस्टका रुपमा देखिन लागेकी हुन् । ‘आमा ४’ ले दर्शकलाई फरक मनोरञ्जन दिने उनले बताइन् ।
कार्यक्रमले आमाको आशिर्वाद र प्रेरणाको भूमिका देखाउनेछ । नेपाली समाजमा त्यस्ता सन्तानहरु जन्मिएका छन् । जो मुलुक र समाजका लागि वास्तवमा नै गौरव गर्न लायक छन् । जसले नेपालको शीर र नामलाई अन्तर्राष्ट्रिय मञ्च र समुदायमा अझ उच्च पारेका छन् । तर, ती र त्यस्ता सन्तानलाई जन्म दिने आमा सदैव आझेलमा छन् । सन्तानको खुसीमा रमाउँदै गुमनाम छन् । कार्यक्रममा तीनै गुमनाम आमाहरुका त्याग, बलिदान, प्रेरणा र संघर्षलाई कार्यक्रममा प्रस्तुत गरिने खड्गीको भनाई रहेको छ ।
कार्यक्रमको पहिलो सिजनाको प्रस्तोता सविना कुवँर थिइन् । त्यस्तै सिजन दुई अभिनेत्री गौरी मल्ल र सिजन तीनमा अभिनेत्री सरिता लामिछाने प्रस्तोता थिए । म्युजिक भिडियो तथा विज्ञापन फिल्ममा बाक्लै देखिने उषाले फिल्म भने अहिलेसम्म अभिनय गरेकी छैनन् । फिल्म अफर आएपनि आफ्नो प्रथामिकतामा नरहेको कारण अभिनय नगरेको उनी बताउँछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण