बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हिउँमा फसेका बाबुछोराको उद्धारका लागि हेलिकप्टर जाने

शनिबार, १७ पुस २०७८, १० : ४६
शनिबार, १७ पुस २०७८

चार दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित पापुङका बाबुछोराको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भएको छ । चौँरीगोठ सार्ने क्रममा फसेका उनीहरुलाई उद्धार गर्न आज बिहान माउण्टेन एयरको हेलिकप्टर पठाउने तयारी भएको वडाध्यक्ष डण्डु शेर्पाले जानकारी दिए । अन्दाजी ५५ वर्षका लाक्पाटाँसी शेर्पा र उहाँका छोरा १५ वर्षीय पासाङ शेर्पा चार दिनदेखि हिउँमा फसेका थिए । 

वडाध्यक्ष शेर्पाका अनुसार अत्यधिक हिमपातपछि हिउँ पहिरोमा परेका उनीहरु ओढार भेटेर त्यहीँ बसेका थिए । हिउँमा फसेका शेर्पाले शनिबार बिहान फोन गरेर हेलिकप्टर पठाइदिन आग्रह गरेको वडाध्यक्ष शेर्पाको भनाइ छ । 
उनीहरुको उद्धारका लागि शुक्रबार प्रहरी र स्थानीय बासिन्दा सो क्षेत्रमा गएका थिए तर बाक्लो हिमपातका कारण स्थानीय बीच बाटोबाट नै फर्किएको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप