सिवियर निमोनियाका बिरामीको जिल्ला अस्पतालमै सफल उपचार
जिल्ला अस्पताल संखुवासभामा सिवियर निमोनिया (गम्भीर) बिरामीको १८ दिन भेन्टिलेटरमा राखेर सफल उपचार गरिएको छ । भोजपुर तुङ्गेछाकी सिवियर निमोनिया भएकी अर्पना जोगीलाई जिल्ला अस्पतालको भेन्टिलेटरमा राखेर सफल उपचार गरिएको बालरोग विशेषज्ञ दिपेन्द्र राईले बताए ।
अर्पनाको विद्यालयबाट घर फर्कदै गर्दा कोखा हान्न थाल्यो । आत्तिएका अभिभावकले स्थानीय स्वास्थ चौकीमा कार्यरत स्वास्थ्यकर्मीको सल्लाहअनुसार खाँदबारी अस्पताल लिएर आए । परीक्षणका क्रममा उनमा सिवियर निमोनियाको लक्षण देखियो । बाल रोग विशेषज्ञ राईका अनुसार उनलाई १८ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरी ३० दिनको अस्पताल बसाई पछि शनिजार घर फर्काइएको हो ।
कार्तिक तेस्रो साता चिचिला गाउँपालिकाकी सरस्वती राईलाई खेल्दाखैल्दै श्वास फेर्न गाह्रो हुन थाल्यो । अभिभावकले उनलाई पनि खाँदबारी हस्पिटल ल्याएका थिए । जिल्ला अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी अर्पनालाई चेकजाँच गर्दा सिवियर निमोनिया भएको बाल विशेषज्ञ राईले बताए । त्यसपछि राईले उनलाई तत्काल भर्ना गरेर सघन उपचार कक्षमा राखि उपचार गर्न थाले ।
यस्ता छन् सिवियर निमोनियाका लक्षण
विशेषज्ञ राईका अनुसार सिवियर निमोनिया भएपछि बच्चाहरूलाई श्वासप्रश्वासमा समस्या हुन्छ । यस्तै, कोखा हान्ने गर्यो भने पनि सिवियर निमोनिया भएको हुन सक्छ । बच्चाहरू सुस्त हुन, अक्सिजनको कमी हुने हुँदा बच्चाको शरीर निलो देखिन थाल्छ । सिवियर निमोनिया लागेको थाहा हुनासाथ बच्चालाई अस्पताल लगेर विशेषज्ञलाई देखाउनु पर्ने राईको भनाइ छ । अस्पताल ढिला आएमा सिवियर निमोनियाको कारण हातखुट्टामा कम्पन आउने, मुटुको गति कम हुने, पिसाब कम आउने र अन्त्यमा विरामीको मृत्यु समेत हुन सक्ने विशेषज्ञ राईले बताए ।
सरस्वती र अर्पनाका अभिभावकले उनीहरूलाई खाँदबारी अस्पतालमा उपचार हुँदैन कि भन्ने चिन्ता थियो । तर, खाँदबारी अस्पतालले पछिल्लो समय सुरू गरेको सघन उपचार कक्ष र विशेषकक्ष सेवाले यही उपचार सम्भव तुल्यायो । उनीहरूको अस्पतालले निःशुल्क उपचार समेत गरिदिएको छ । खाँदबारी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यका अनुसार सामाजिक इकाई सेवाबाट आर्थिक अवस्था कमजोर भएकाहरूको लागि सहयोग गर्ने भएको हुनाले उनीहरूलाई अस्पतालले छुट दिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण