महाराष्ट्रका १० मन्त्री र २० प्रदेश सांसदलाई कोरोना सङ्क्रमण
भारतको महाराष्ट्र प्रदेशका १० मन्त्रीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । महाराष्ट्रका उपमुख्यमन्त्री अजित पावारले अरु २० प्रदेश सांसदहरुलाई पनि सङ्क्रमण भएको जानकारी दिए ।
उनले कोरोनाभाइरसको महामारी तीव्ररूपमा फैलिएकाले आम नागरिकस्तरबाट पनि उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिए ।
सरकारले लागु गरेका नियमहरूको पालना नगर्दा र हेलचेक्रयाई गरेकाले महामारी बढी फैलिइएको उनको भनाइ छ । उनले भने, “कृपया सरकारको आग्रहलाई पालना गरिदिनुहोला, आफ्नै पनि सतर्कता अपनाउनुहोला, नत्र अवस्था भयावह हुनसक्छ ।”
महामारी नियन्त्रणका लागि अपनाउनु पर्ने नयाँ उपायका बारेमा छलफल गर्न सरोकारवाला तथा विज्ञको बैठक बोलाइएको र उनीहरुसँग पटकपटक परामर्श भइरहेको जानकारी पनि उनले दिए । भारतको महाराष्ट्र प्रदेश कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित प्रदेश हो । अहिले ओमिक्रोनका सङ्क्रमित पनि सबैभन्दा धेरै महाराष्ट्रमै देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण