बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हिउँमा फसेका बाबुछोरा छ दिनपछि गाउँ फर्किए

सोमबार, १९ पुस २०७८, १८ : ३८
सोमबार, १९ पुस २०७८

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङको लोदेनस्थित हिउँमा फसेका बाबुछोरा आज गाउँ फर्किका छन् । हिमपात हुन छोडेसँगै जमेको हिउँ पनि बाक्लिदै गएपछि उनीहरू गाउँ आउन सफल भएका हुन् । 

अन्दाजी ५०/५५ वर्षका लाक्पाटाँसी र उनका १४/१५ वर्षीय छोरा पासाङ शेर्पा गत बुधबारदेखि हिउँमा फसेका थिए । चौँरी गोठ सार्ने क्रममा हउँपहिराले बगाएसँगै उनीहरू ओडारमा अल्झिएर बसेका थिए । उद्धारका लागि गत शनिबार र आइतबार धेरै पटक अल्टिच्युट एयर कम्पनीको हेलिकप्टर उद्धारका लागि गए पनि बाबुछोरा बसेको ठाउँ पहिचान गर्न नसकेपछि उद्धार हुन सकेको थिएन ।

हिउँ पर्न रोकिएसँगै जमिएर रहेको हिउँ पनि बिस्तारै बग्दै गएपछि आज दिउँसो उहाँहरू गाउँ निस्कन सफल भएको ताप्लेजुङ प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे जानकारी दिए । हिउँमा फसेका बाबुछोराको स्वास्थ्य अवस्था सामान्य रहेको पाण्डेले जानकारी दिए । समुद्र समत चार हजार मिटर उचाइमा अवस्थित पापङको लोनाक भन्ने ठाउँमा चौँरी गोठ सार्ने क्रममा बाबुछोरा हिउँमा फसेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप