बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदेश १ मा गठबन्धनले गरायो उम्मेदवारी दर्ता

मङ्गलबार, २० पुस २०७८, १४ : २८
मङ्गलबार, २० पुस २०७८

राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि पाँच दलीय गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गरेको छ। पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका काँग्रेसका गोपाल बस्नेत(झापा), महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई(भोजपुर) र जनता समाजवादी पार्टीका अपाङ्गता भएका/अल्पसङ्ख्यकतर्फको कोटाबाट हेमराज थुलुङ राई मनोनयन दर्ता गरेका हुन्।

माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सात वटा प्रदेशमध्ये प्रदेश १ मा ६ जना उम्मेदवारको नामको टुङ्गो लागेको थियो ।

यसअघि नेकपा एमालेले खुल्लातर्फ मोरङका गुरु बराल, महिलामा झापाकी सुमित्रा भण्डारी र अपाङ्गता भएका वा अल्पसङ्ख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पालाई उम्मेदवारी दर्ता गरेका थिए बनाउने निर्णय गरेको छ ।

प्रदेश १ मा नेकपा एमालेबाटै निर्वाचित भएका तीन जनाको पद रिक्त भएपछि हुन लागेको निर्वाचनमा पाँच दलीय गठबन्धन एमालेका लागि भारी पर्ने देखिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप