राष्ट्रियसभा निर्वाचन : प्रदेश १ बाट तीन सीटका लागि ८ जनाको उम्मेदवारी
प्रदेश १ बाट राष्ट्रियसभा सदस्यको रिक्त हुने तीन सीटका लागि ८ जनाको उम्मेदवारी दर्ता भएको छ । विराटनगरस्थित निर्वाचन कार्यालयमा सत्तारुढ गठबन्धन, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट मनोनयन पत्र दाखिला भएको हो । सत्तारुढ गठबन्धन र एमालेले तीनै सीटका लागि उम्मेदवारी दिएका छन् भने राप्रपाले दुई सीटमा मात्र उम्मेदवारी दिएको छ ।
विराटनगरस्थित निर्वाचन कार्यालयका अनुसार नेकपा एमालेबाट खुलातर्फ गुरुप्रसाद बराल, महिलातर्फ सुमित्रा भण्डारी र अल्पसंख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पाले उम्मेदवारी दर्ता गराएका हुन् । पाँच दलीय सत्तारुढ गठबन्धनका तर्फबाट खुलातर्फ काँग्रेसका गोपाल बस्नेत, महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र अल्पसंख्यक कोटामा जसपा नेपालका हेमराज राईले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेश १ मा राप्रपाले खुलातर्फ अम्बरबहादुर बिष्ट र महिलातर्फ रञ्जु प्याकुरेललाई उम्मेदवार बनाएको छ ।
गठबन्धनको तामझाम, एमाले सुटुक्क
मंगलबार उम्मेदवारी मनोनयन दर्ताका क्रममा सत्ता पक्ष तामझामसहित निर्वाचन कार्यालय पुगेको थियो । कार्यकर्ताको लस्करसहित सत्तापक्षका उम्मेदवार निर्वाचन कार्यालयमा पुगेका थिए भने प्रमुख प्रतिपक्ष एमालेका उम्मेदवार केही नेता–कार्यकर्ताका साथ उम्मेदवारी दाखिला गर्न गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण