बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले कास्की अध्यक्षमा ४ जना आंकाक्षी, सर्वसम्मत नेतृत्व चयनमा रस्साकस्सी

बिहीबार, २२ पुस २०७८, १२ : ०३
बिहीबार, २२ पुस २०७८

पोखरा । नेकपा एमालेको १० औँ जिल्ला अधिवेशनमा कास्की जिल्ला अध्यक्षका लागि ४ आकाङ्क्षी देखिएका छन् । एमालेको यही पुस २३ गते हुने कास्की जिल्ला अधिवेशनमा अध्यक्षका लागि ४ जना आकाङ्क्षी देखिएका हुन । आकाङ्क्षीमा कार्यवाहक अध्यक्ष मनबहादुर गुरुङ,सचिव दामोदर बैरागी, दीपक पौडेल र जगन्नाथ बाँस्तोला देखिएका छन् । तर मुख्य प्रतिस्पर्धा कार्यवाहक अध्यक्ष गुरुङ र सचिव बैरागीबीच हुने अनुमान गरिएको छ ।

पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनबाट जिल्ला अध्यक्ष कृष्ण थापा केन्द्रीय सदस्य निर्वाचित भएपछि उपाध्यक्ष मनबहादुर गुरुङले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका थिए ।

छोटो समय जिल्ला पार्टीको नेतृत्व गरेका गुरुङले आगामी कार्यकालका लागि अध्यक्षमा निर्वाचन लड्ने बताउँदै कार्यकर्ता सँग मत मागिसकेका छन् । पार्टीको जिल्ला सचिव र सुकुम्वासी आयोग कास्कीका अध्यक्ष समेत भएका दामोदर बैरागीले पनि नेता र कार्यकर्तासँग आफूलाई अध्यक्षमा बताउने बताउँदै मत मागेका छन् । 

यसअघि एमालेले सबै पालिका र वडा कमिटीमा सर्वसम्मत नेतृत्व टुङ्गाएको थियो । जिल्ला कमिटीमा पनि सर्वसम्मत गर्ने नेताहरूको प्रयास जारी रहेको छ । तर,सभापतिका आकाङ्क्षी गुरुङ र बैरागीबीच सहमति नबनेपछि निर्वाचन नै हुने सम्भावना रहेको छ ।

कार्यवाहक अध्यक्ष गुरुङले आफू कास्कीको उपाध्यक्ष र कार्यवाहक अध्यक्ष समेत भइसकेकाले स्वाभाविक रूपमा अध्यक्षको दाबेदार रहेको बताउँछन् । उनले आफ्नो उम्मेदवारी स्वाभाविक भएकाले नेता,कार्यकर्तासँग सरसल्लाह गरेर अगाडी बढ्ने बताए ।

अर्का आकाङ्क्षी बैरागीले अध्यक्षमा स्वाभाविक रूपमा आफ्नो दाबेदारी रहने बताएका छन् । उनले सकभर सर्वसम्मत प्रक्रियाबाट नेतृत्व चयन गर्न प्रयास भइरहेको बताए । एमाले कास्कीमा १७ हजार ७ सय ३७ पार्टी सदस्य छन् ।

अधिवेशनका लागि ९१४ प्रतिनिधि छानिए

कास्कीबाट अधिवेशनका लागि ९१४ जना प्रतिनिधि छनोट भएका छन् । एमाले कास्कीका कार्यवाहक अध्यक्ष मनबहादुर गुरुङका अनुसार पालिका मातहतका ७२ वटा, विशेष इलाका मातहतका शाखा कमिटी, गाउँपालिका, महानगरपालिका, जनवर्गीय संगठन, सल्लाहकार परिषद्, जिल्ला कमिटी पदाधिकारी र सदस्यहरू अधिवेशनमा प्रतिनिधिका रूपमा रहने छन् ।

अधिवेशनका लागि  सम्पन्न गर्नका लागि विभिन्न १० वटा उप समिति बनाइएको छ । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने भएकाले निकै महत्त्वका साथ हेरिएको छ ।

अधिवेशनबाट सकेसम्म सर्वसम्मत नसके आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व छनोट गरिने एमाले कास्कीका कावा अध्यक्ष गुरुङले बताए । उनले नेकपा एमालेको कार्यकर्ता सभ्य भएकाले अधिवेशन पनि सोही खालको हुने बताए ।

एमालेको निर्वाचित जिल्ला कमिटीको कार्यकाल ३ वर्ष हुन्छ । पार्टीको विधान अनुसार सबै जिल्लामा पदाधिकारी ५ जना हुने व्यवस्था छ । जिल्लामा अध्यक्ष, उपाध्यक्ष, सचिव र २ उपसचिव हुने व्यवस्था छ । पदाधिकारीमा १ महिला अनिवार्य हुने व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप