शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौँको कलंकीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बिहीबार, २२ पुस २०७८, १३ : ५१
बिहीबार, २२ पुस २०७८

काठमाडौँको कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा प्रदेश नम्बर ३–०२–०११ प ४६८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार धादिङकी २७ वर्षीय शोफिया श्रेष्ठको गएराति मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते श्रेष्ठको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले केन्द्रीय समाचार कक्षले जनाएको छ । घाइते भएका मोटरसाइकल चालक गोरखाका ३१ वर्षीय रामशरण ढकालको भने राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप