ओली नेतृत्वको सरकार सफल : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले केपी ओली नेतृत्वको सरकारले विकास र समृद्धिमा सफलता हासिल गरेको दावी गरेका छन् । शुक्रबार मङ्गलबजारमा आयोजित एमाले ललितपुरको आठौँ अधिवेशनको उद्घाटनमा महासचिव पोखरेलले ओली नेतृत्वको साढे तीन वर्षे सरकारले देशभरमा सडक, पुलको निर्माणमा उल्लेखीय काम गरेको र रेल निर्माणका लागि महत्वपूर्ण सम्झौता गरेको तर्क गरे ।
पहिले पूर्व–पश्चिम एउटा मात्रै राजमार्ग रहेकामा ओली नेतृत्वको सरकारले चार राजमार्ग निर्माण अघि बढाएको उनले बताए । अरु पार्टीले पहिले रेलको कुरा गर्दा कागजको रेल बनाएर उडाए पनि ओली नेतृत्वको सरकारले रेल निर्माणसम्बन्धी महत्वपूर्ण काम गरेको उनको भनाइ छ । विगतमा भएका असमान सन्धीसम्झौताको पुनरावलोकनको काम सुरु हुनु र चुच्चे नक्सा प्रकाशन गर्नु उपलब्धी भएको उनको भनाइ छ ।
पार्टी पोलिटब्युरो सदस्य तथा ललितपुर जिल्ला इञ्चार्ज शुशीला नेपालले देशको समृद्धि र शान्तिका लागि एमाले सत्तामा पुग्नुपर्ने बताइन् । केन्द्रीय सदस्य बाबुराम थापाले एमाले पार्टी सधैँ सही एजेण्डा लिएर अघि बढेकाले आमनागरिकको समर्थन र माया पाइरहेको उल्लेख गरे । पार्टी केन्दीय सदस्य तथा जिल्ला अध्यक्ष हरिकृष्ण ब्यञ्जनकारले जिल्लामा नेतृत्व चयन गर्दा सबै मिल्नुपर्ने र मिलेर नै आमनिर्वाचनमा जानुपर्नेमा जोड दिए ।
ललितपुर क्षेत्र–१ बाट प्रतिनिधिसभा सांसद् नवराज सिल्वालले पार्टीले विगतबाट उठाएको एजेण्डा लिएर चुनाबमा जाने बताए । अधिवेशनले नयाँ जिल्ला कमिटी चयन गर्नेछ । शनिबार बन्द सत्र सातदोबाटोमा हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण