पाकिस्तानको बलुचिस्तान प्रान्तमा ६ आतंककारी मारिए
आइतबार, २५ पुस २०७८, १२ : १६
पाकिस्तानको बलुचिस्तान प्रान्तमा प्रान्तीय राजधानी क्वेटाको पूर्वी बाइपास क्षेत्रमा सञ्चालन गरिएको काउन्टर(टेररिज्म डिपार्टमेन्टको कारबाहीमा कम्तिमा छ जना कथित आतङ्कवादी मारिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रतिबन्धित संगठनका छ जना कथित आतङ्ककारीहरू छापा मार्ने क्रममा सुरक्षा टोलीसँगको गोली हानाहानमा मारिएको एआरवाई न्यूजले सीटीडीलाई आइतबार एक विज्ञप्तिमा उद्धृत गर्दै जनाएको छ। आतङ्ककारी लुकेको ठाउँबाट हतियार र विष्फोटक पदार्थ पनि बरामद गरिएको छ ।
कथित आतङ्कवादी पक्राउ गर्नेलाई पाकिस्तानी रुपैयाँ २० लाख इनाम रकम थियो । यसअघि शनिबार पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा प्रहरीसँगको गोली हानाहानमा दुई आतङ्कवादी मारिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण