विस्फोटक पत्ता लगाउने स्वर्ण पदक विजेता ‘हिरो’ मुसाको निधन
जमिनमुनि राखिएको विस्फोटक (माइन) पत्ता लगाउनका लागि चर्चित मगावा नाम गरेको मुसाको ८ वर्षको उमेरमा निधन भएको छ । आफ्नो पाँच वर्षको करियरमा मगावाले क्याम्बोडियामा १०० सयभन्दा बढी ल्याण्डमाइन र अन्य विस्फोट पत्ता लगाएका थिए । उनले वीरताका लागि पीडीएसए मेडल फर ग्यालेन्ट्री नामक स्वर्ण पदक पनि प्राप्त गरेका थिए ।
माइनहरू पत्ता लगाउन भन्दै मगावालाई बेल्जियन च्यारिटी एपोपोले प्रशिक्षण दिएको थियो । च्यारिटीले ‘अफ्रिकन जाइन्ट पोच र्‍याट’ को गत सप्ताहान्तमा निधन भएको जानकारी दिएको छ । गत हप्ता मगावाको स्वास्थ्य अवस्था सामान्य भए पनि सप्‍ताहको अन्त्यतिर उनी धेरै सुत्ने र कम खाने भएको च्यारिटीले जनाएको छ ।
तान्जानियामा हुर्किएका मगावालाई एक वर्षको प्रशिक्षणपछि कम्बोडिया लगिएको थियो । जहाँ उनको बम सुँघ्ने करियरको सुरुवात भएको थियो । दक्षिण पूर्वी एसियाली राष्ट्रमा ६० लाखभन्दा बढी माइन रहेको बताइन्छ । विस्फोटकमा रहेको रसायनिक पदार्थलाइै सुँघेर पत्ता लगाउन सक्ने गरी प्रशिक्षित गरिएका मगवाले १ लाख ४१ हजार वर्ग मिटर क्षेत्रफललाई विस्फोटक मुक्त बनाएका थिए ।
मगावाको तौल १.२ किलोग्राम रहेको थियो भने लम्बाई ७० सेन्टिमिटर रहेको थियो । अन्य मुसाको तुलनामा ठूलो भए पनि माइनको माथि हिँड्दा विस्फोट हुनका लागि भने उनको तौल कम नै थियो । सन् २०२० मा उनलाई पीडीएसए गोल्ड मेडल प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण