‘ब्यान्ड च्याम्पियन रियालिटी शो’ सुरु
देशभर छरिएर रहेका ब्यान्डलाई मञ्च प्रदान गर्न ब्यान्ड च्याम्पियन सुरु रियालिटी शो सुरु भएको छ । लास्ट फ्राइडे इभेन्ट म्यानेजमेन्टको आयोजनामा एपीवान टेलिभिजनमा ‘ब्यान्ड च्याम्पियन रियालिटी शो’ सुरु भएको हो ।
ब्यान्ड च्याम्पियनको डिजिटल अडिसनमा देशभरका दुई सय ब्यान्डले सहभागिता जनाएका थिए। जसमध्ये ७० वटा ब्यान्ड जज अडिसनका लागि छनोट भएका छन्।
द ब्यान्ड च्याम्पियन रियालिटी शोका निर्देशक फुर्वा शेर्पाले ब्यान्डका सबै सदस्यको उत्तिकै भूमिका रहने भएकाले सबैको प्रस्तुति हेरिने जानकारी दिए। ब्यान्डको प्रतिस्पर्धा भए पनि भोकल, म्युजिक र समूहको प्रस्तुति हुनेछ। जज राउन्डपछि ओरिजिनल सङ राउन्ड सुरु हुनेछ। जहाँ ब्यान्डले आफ्नै गीत गाउनुपर्ने हुन्छ। ब्यान्ड च्याम्पियनको जजमा ड्रमर देव राना, भोकलिस्ट रविन तामाङ, गितारिस्ट ज्योति घिमिरे छन्। नेपाल आइडलकी गोल्डेन माइक विजेता मेगा श्रेष्ठले कार्यक्रम सञ्चालन गर्ने छिन्।
एपीवान टेलिभिजनमा शनिबार राती ९ बजेपछि प्रशारण हुने ब्यान्ड च्याम्पियनका विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। यसैगरी दोस्रो हुनेले ६ लाख, तेस्रो र चौथोले चार/चार लाख पुरस्कार पाउनेछन्। विजेता ब्यान्डले विभिन्न सात वटा देशमा प्रस्तुति दिने अवसर पनि पाउने छन्। ब्यान्ड च्याम्पियनको डिजिटल पार्टनर माउन्ट एभरेस्ट डिजिटल रहेको छ । ‘ब्यान्ड च्याम्पियन रियालिटी शो’ माउन्ट एभरेस्ट डिजिटलको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण