‘ब्यान्ड च्याम्पियन रियालिटी शो’ सुरु

देशभर छरिएर रहेका ब्यान्डलाई मञ्च प्रदान गर्न ब्यान्ड च्याम्पियन सुरु रियालिटी शो सुरु भएको छ । लास्ट फ्राइडे इभेन्ट म्यानेजमेन्टको आयोजनामा एपीवान टेलिभिजनमा ‘ब्यान्ड च्याम्पियन रियालिटी शो’ सुरु भएको हो ।
ब्यान्ड च्याम्पियनको डिजिटल अडिसनमा देशभरका दुई सय ब्यान्डले सहभागिता जनाएका थिए। जसमध्ये ७० वटा ब्यान्ड जज अडिसनका लागि छनोट भएका छन्।
द ब्यान्ड च्याम्पियन रियालिटी शोका निर्देशक फुर्वा शेर्पाले ब्यान्डका सबै सदस्यको उत्तिकै भूमिका रहने भएकाले सबैको प्रस्तुति हेरिने जानकारी दिए। ब्यान्डको प्रतिस्पर्धा भए पनि भोकल, म्युजिक र समूहको प्रस्तुति हुनेछ। जज राउन्डपछि ओरिजिनल सङ राउन्ड सुरु हुनेछ। जहाँ ब्यान्डले आफ्नै गीत गाउनुपर्ने हुन्छ। ब्यान्ड च्याम्पियनको जजमा ड्रमर देव राना, भोकलिस्ट रविन तामाङ, गितारिस्ट ज्योति घिमिरे छन्। नेपाल आइडलकी गोल्डेन माइक विजेता मेगा श्रेष्ठले कार्यक्रम सञ्चालन गर्ने छिन्।
एपीवान टेलिभिजनमा शनिबार राती ९ बजेपछि प्रशारण हुने ब्यान्ड च्याम्पियनका विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। यसैगरी दोस्रो हुनेले ६ लाख, तेस्रो र चौथोले चार/चार लाख पुरस्कार पाउनेछन्। विजेता ब्यान्डले विभिन्न सात वटा देशमा प्रस्तुति दिने अवसर पनि पाउने छन्। ब्यान्ड च्याम्पियनको डिजिटल पार्टनर माउन्ट एभरेस्ट डिजिटल रहेको छ । ‘ब्यान्ड च्याम्पियन रियालिटी शो’ माउन्ट एभरेस्ट डिजिटलको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वमा नयाँ वित्तीय व्यवस्था र सशक्त सहकार्यमा प्रधानमन्त्रीको जोड
-
वाईसीएलको नेतृत्व छनोट बुधबार, पदाधिकारीमा ९९ जना आकाङ्क्षी
-
प्रधानमन्त्रीसँग सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल
-
डलर साट्ने बहानामा ठगी गरेकाे आरोपमा दुई जना पक्राउ
-
अख्तियारले छानबिन थालेको थाहा पाएर एयरपोर्टबाट भट्टराईलाई हटाएको होइन : गृहमन्त्री
-
१० बजे १० समाचार : पाण्डेको निलम्बनदेखि हडताल फिर्तासम्म