चश्मा लगाइदिएपछि गाईले दिन थाल्यो धेरै दुध
गाईलाई घाँस–पिठो खान दिएपछि धेरै दुध दिने गरेको पाइएको छ । प्रजाति सुधार गरेर पनि गाईको दुध बढाउने प्रयास सबैतिर भइरहेको छ । तर यसका लागि पैसा पनि धेरै नै लाग्छ ।
तर गाईको दुध बढाउने प्रयासमा एउटा यस्तो अचम्मको तरिका अपनाइएको छ जुन सुन्दा तपाईंलाई अचम्म लाग्ला । तर यो साँचो हो, टर्कीका एक किसानले आफ्नो गाईले धेरै दुध देओस् भनेर प्रविधिको सहारा लिएका छन् ।
विशेष प्रविधिको प्रयोगबाट बढ्यो गाईको दुध उत्पादन
डेली मेलका अनुसार टर्कीको अक्साराय सहरमा बस्ने किसान इज्जेत कोकाकले आफ्नो गाईलाई भर्चुअल रियालिटी वाला चस्मा लगाइदिएका छन् । यसबाट किसानलाई फाइदा पनि भयो । किनकी गाईले सामान्य भन्दा बढी दुध दिन थाल्यो ।
यसो गर्दा गाईले आफूलाई ठूलो घाँसको मैदानमा चरिरहेको महसुस गर्ने गर्छ । तर वास्तवमा किसानले गाईलाई आफ्नै गोठमा बाँधेर राखेको हुन्छ ।
यस प्रविधिको फाइदा अन्य किसानलाई पनि थाहा हुन थालेको छ । यस्तो प्रविधि अन्य किसानले पनि अपनाउन थालेका छन् । यसबारे एउटा अनुसन्धान पनि भएको छ जसअनुसार गाई–भैँसीलाई हरियो मैदान देखायो भने उसले औसतभन्दा बढी दुध दिन्छ भन्ने तथ्य सार्वजनिक भएको छ ।
गाईले दिन्छ धेरै दुधः
आफूहरुले गाईको आँखामा भीआर चस्मा लगाउनाले आफूलाई धेरै फाइदा मिलेको किसानले बताएका छन् । यसबाट उनीहरुको दुध उत्पादनमा वृद्धि भएको जानकारीमा उल्लेख छ । आफ्नो गाईले २२ लिटर दुध दिने गरेकोमा हाल आएर २७ लिटर दूध दिन थालेको किसानले बताए । पशुलाई भीआर चश्माको माध्यमबाट एक हराभरा मैदान देखिन्छ र गाईलाई त्यो ठूलो मैदानमा चरेको जस्तो अनुभव हुन्छ । यसै कारण उसले धेरै दुध दिन्छ ।
यसको प्रयोग वरपरका किसानले पनि आफ्नो गाई भैँसीमा गरे र उनीहरुले पनि ठूलै लाभ उठाएका छन् । उत्पादन धेरै भएकाले उनीहरुको पनि कमाइमा वृद्धि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण