कास्कीमा थप कडाई
जिल्ला प्रशासन कार्यलय कास्कीले थप आदेश जारी गरेको छ । कोरोना सङ्क्रमण ह्वात्तै बढेपछि त्यसको रोकथाम र नियन्त्रणका लागि प्रशासनले आंशिकदेखि पूर्ण निषेधाज्ञाको निर्णय गरेको छ ।
गृह मन्त्रालयको निर्देशन र कोभिड १९ व्यवस्थापन केन्द्र कास्कीको बैठकले तत्कालै लागू हुने गरी विभिन्न व्यवसायमा पूर्ण बन्देज गरेको छ । माघ १५ गतेसम्म सिनेमा हल, पार्टी प्यालेस, नाचघर, क्लब, डान्सबार, दोहोरी साँझ, जिमखाना, फिटनेश सेन्टर, स्पा, स्वीमिङ पुल, ब्युटी पार्लर लगायत व्यवसाय बन्द गर्न निर्देशन जारी गरिएको छ ।
प्रशासनले शैक्षिक संस्थाहरू, सभा सम्मेलन, गोष्ठी, सेमिनार, तालिम, महोत्सव र धार्मिक क्रियाकलाप समेत रोक्न भनेको छ । खेलकुद भने दर्शक नराख्न र पूर्व निर्धारित खेलमा खोप कार्ड भएका दर्शकलाई मात्रै प्रवेश गराउने निर्णय गरेको छ । दर्शक क्षमताको एक तिहाइ मात्रै राख्न पाइने भएको छ ।
होटल तथा रेस्टुरेन्टहरुमा खोप कार्ड भएकाहरूलाई मात्र प्रवेश दिन भनिएको छ भने डिपार्टमेन्टल स्टोर्स, सपिङ मल, पसलहरू सञ्चालन गर्दा २५ जना भन्दा बढी भेला हुन नपाइने नियम छ । विवाह, व्रतबन्ध, पूजापाठ जस्ता कार्यहरूमा पनि २५ जनासम्म सहभागी हुन पाइने छ ।
सार्वजनिक गाडीहरूमा यात्रा गर्दा यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, सिट क्षमता भन्दा बढी यात्रु बोक्न नपाइने, हवाई जहाजको यात्रा गर्दा खोप लगाएको कार्ड अनिवार्य बोक्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । नियम पालना नगरे कानुन अनुसार कारबाही हुने प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण