अफगानानिस्तानमा भूकम्प, २६ को मृत्यु, दर्जनौं घाईते
अफगानिस्तानमा आएको शक्तिशाली भुकम्पमा परेर कम्तिमा २६ जनाको मृत्यु भएको छ । पश्चिमी अफगानिस्तानमा ५ दशमलब ९ म्याग्निच्यूडको भूकम्प जाँदा अन्य दर्जनौं घाइते भएका छन् । भूकम्पबाट बादघिज प्रान्तको क्वादिस जिल्ला सबैभन्दा बढी प्रभावित छ ।
घर भत्किएर पुरिँदा अधिकांश व्यक्तिको मृत्यु भएको हो । ‘पाँच महिला, चार बालबालिकासहित २६ जनाको मृत्यु भएको छ,’ बादघिज प्रान्तका प्रवक्ता बाज मोहमदा सरवारेले भने ।
भूकम्पबाट सोही प्रान्तको मुक्र जिल्ला पनि प्रभावित भएको प्राप्त विवरणहरूमा जनाइएको छ । भूकम्पले पु¥याएको क्षतिको विस्तृत विवरण सार्वजनिक हुन बाँकी नै छ ।
यसअघि नै आर्थिक संकटको सामना गरेको अफगानिस्तानमा भूकम्पका कारण थप संकट निम्तिएको बताइएको छ । क्वादिस जिल्ला यसअघि पनि खडेरीका कारण प्रभावित भएको थियो । भूकम्पको असर पाकिस्तान र भारतसम्म महशुस गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण